+
+

पाँचथरमा क्याम्पस स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न,थर्पु क्याम्पसकी मन्जुल प्रथम

606 पटक हेरिएको
Clock २०८१ मंसिर १७, सोमबार २०:४२
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरमा आयोजित क्याम्पस स्तरीय कविता वाचन प्रतियोगितामा थर्पु क्याम्पसकी मन्जुल योहाङ प्रथम भएकी छन्।
२. प्रतियोगितामा पाँचथर क्याम्पसका बुद्धराज लिम्बु द्वितीय र यासोक क्याम्पसकी हिमादेबी भण्डारी तृतीय स्थानमा रहे।
३. प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियन पाँचथर क्याम्पसका सभापति मुना नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो।

मनोज थापा

पाँचथर, १७ मंसिर २०८१: पाँचथरमा आयोजित क्याम्पस स्तरीय कविता वाचन प्रतियोगितामा थर्पु क्याम्पसकी मन्जुल योहाङ प्रथम भएकी छन्। स्वतन्त्र विद्यार्थी युनियन पाँचथर क्याम्पसले आइतबार यस प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगितामा पाँचथर क्याम्पसका बुद्धराज लिम्बु द्वितीय र यासोक क्याम्पसकी हिमादेबी भण्डारी तृतीय स्थानमा रहे। यसैगरी, सान्त्वना पुरस्कार रबि क्याम्पसका रसु बि.क.ले प्राप्त गरेका छन्। प्रथम, द्वितीय र तृतीय स्थानमा रहेका प्रतियोगीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ, भने सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीलाई ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथी संविधान सभा सदस्य श्री प्रसाद जबेगु थिए भने प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियन पाँचथर क्याम्पसका सभापति मुना नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियन पाँचथर क्याम्पसकी सदस्य सुनिता न्यैपानेले गरेकी थिन्।

प्रतियोगितामा कवि चन्द्रवीर तुम्बापोले काव्य प्रबचन गरेका थिए भने कवि चिरण कोइराला,अधिकारी बिमलाले कविता बाचन गरेका थिए।

प्रतियोगितामा पाँचथरका विभिन्न क्याम्पसका २० जना विद्यार्थीहरूले भाग लिएका थिए, यस प्रतियोगिताले विद्यार्थीहरूमा साहित्यप्रतिको उत्साह र काव्य कलामा चासो बढाउने काम गरेको छ। यस प्रतियोगिताले विद्यार्थीहरूमा साहित्यको अभ्यास र काव्यप्रेमको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीय क्याम्पसहरूमा यस प्रकारका कार्यक्रमहरूको आयोजना गर्नाले विद्यार्थीहरूको सिर्जनात्मक क्षमतामा वृदि्ध गर्ने अवसर प्रदान हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

  • vorbelutr ioperbir June 1, 2026

    I wish to show my appreciation for your generosity in support of visitors who must have guidance on the study. Your personal commitment to getting the message along became extraordinarily helpful and has always made guys much like me to arrive at their targets. Your amazing helpful recommendations can mean much a person like me and much more to my peers. Thank you; from all of us.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win