Comments Add Comment

वःसाँगु, पाँचथरमा मनाईयो महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती

पाँचथर-नेपालका १६ औं राष्ट्रीय विभुती तथा महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती फाल्गुनन्द गाउपालिका वडा नं ६ र ७ को संगम स्थल वाःसाँगु बजारमा मनाईएको छ।

२५ गते आईतबार बेलुका त्रीवेणी युवा क्लब नेपाल र वासाँगु बजार व्यवस्थापन समितिले संयुक्त रुपमा दिप प्रज्वलन गरेर जन्मजयन्ती मनाएको स्थानीय युवा व्यवसायी अमर आङ्देम्बेले जानकारी दिनुभयो।

फाल्गुनन्द गाउपालिकाका पूर्व अध्यक्ष वीर बहादुर कुरुम्बाङको विशेष उपस्थिति तथा स्थानिय बुद्धिजिवि तथा युवाहरुको सहभागितामा बर्सेनि मनाईदै आईएको जन्मजयन्ती यो वर्ष पनि मनाईएको हो।

कार्यक्रममा राष्ट्रिय विभुती तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनले गर्नुभएका सत्कर्म र देखाउनुभएको मार्गको स्मरण गर्दै दिप प्रज्वलन गरिएको वासाँगु बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुरुम्बाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै