+
+

पाँचथरको हिलिहाङ गाउँपालिकाद्वारा कार्यसम्पादनमा उत्कृष्ट स्वयम्सेविकाको सम्मान

122 पटक हेरिएको
Clock २०८१ मंसिर २१, शुक्रबार २१:२६
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको हिलिहाङ गाउँपालिकाले कार्यसम्पादनमा उत्कृष्ट भएका १४ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरेको छ।
२. हिलिहाङ गाउँपालिकामा कार्यरत ३९ जना स्वयम्सेविका मध्ये १४ वटा क्रियाकलापमा गरेको कार्यसम्पादनका आधारमा उत्कृष्ट भएका स्वयम्सेविकाहरुलाई सम्मान गरिएको हो।
३. गाउँपालिकाले स्वयम्सेविकाहरुलाई कदर–पत्र, माला र एक थान ऊनीको टोपीसहित सम्मान गरेको छ।

रबिन्द्र काफ्ले

पाँचथर, २० मङ्सिरः

पाँचथरको हिलिहाङ गाउँपालिकाले कार्यसम्पादनमा उत्कृष्ट भएका १४ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरेको छ। २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस–२०८१ को अवसरमा मातृशीशुको हेरचाहमा खटिने स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित भएका हुन।

हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाले  प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी तथा उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईंले स्वयम्सेविकाहरुलाई कदर–पत्र, माला र एक थान ऊनीको टोपीसहित सम्मान गरेका हुन। सात वटा वडा रहेको गाउँपालिकामा कार्यरत ३९ जना स्वयम्सेविका कार्यरत छन। गाउँपालिकाले उनीहरु सबैलाई एकै स्थानमा भेला पारेर आगामी दिनमा समेत सामुदायिक स्वास्थ्यलाई सवल बनाइराख्न प्रेरित गर्ने प्रयास गरेको हो।

हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेका अनुसार गाउँपालिकाले वर्षेनि स्वयम्सेविकाहरुको कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको छ। स्वयम्सेविकाहरुले विभिन्न १४ वटा क्रियाकलापमा गरेको कार्यसम्पादनका आधारमा अङ्क प्रदान गरिएको थियो। १४ वटा क्रियाकलापमा आमा समूहको मासिक बैठक बसेको, नयाँ गर्भवती तथा नियमित गर्भवती जाँच गरेको सुनिश्चित गरेको, भिटामिन ‘ए’सहितका कार्यक्रम सञ्चालन भएको, नियमित तौल अनुगमन गरेको लगायत क्रियाकलाप छन। 

स्वयम्सेविकाहरुले प्राप्त गरेको अङ्कका आधारमा प्रत्येक वडामा उत्कृष्ट भएका दुई जना स्वयम्सेविकालाई सम्मान गरिएको हो। सम्मानित हुनेहरुमा जीवनकला तामाङ, निर्मला वाग्ले, रिता विश्वकर्मा, विद्या श्रेष्ठ, शान्ता योङहाङ, देवी गिरी, माया लिम्बू, कृष्णमाया राना मगर, रमा मैनाली, देवीमाया नेपाल अधिकारी, तारादेवी पौडेल, पवित्रा सेलिङ, अनितामाया रुम्बा र फूलमाया तामाङ रहनुभएको छ। 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको कार्य सम्पादन अनुसार वडा नं. ३ की शान्ता योङहाङले ९० प्रतिशत अङ्क पाउनुभएको छ। यस्तै ८० देखि ८९ प्रतिशत अङ्क १० जनाले, ७० देखि ७९ प्रतिशत अङ्क १७ जनाले, ६० देखि ६९ प्रतिशत अङ्क ७ जनाले र सोभन्दा कम अङ्क दुई जनाले पाएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो। 

पहिलो पटक एकै ठाउँ भेला हुन पाएका स्वयम्सेविकाले गाउँपालिकाले वर्षेनि आफूहरुलाई यस प्रकारले उत्प्रेरित गर्नुपर्ने वताए। वडा नं. २ की स्वयम्सेविका रिता विश्वकर्माले भन्नुभयो, “वडामा सानो कार्यक्रम गरेर दिवस मनाउथ्यौं। आज गाउँपालिका अध्यक्ष, उपाध्यक्षसँग हाम्रा कुरा राख्न पायौं।” विश्वकर्माले आफूहरु स्वयम्सेविका हुन तत्पर भएकाले सरकारसँग धेरै अपेक्षा नगरेको भएपनि योगदानका आधारमा गाउँपालिकाले थप सुविधा उपलब्ध गराउनु उचित हुने वताउनुभयो। 

कार्यक्रममा अम्बिका ओझा, रमा मैनाली, देवीमाया अधिकारी र अनितामाया रुम्बाले नवजात शीशूको हेरचाह, गर्भवती महिलाको हेरचाह तथा नियमित गर्भ जाँच लगायत विषयमा सचेतनामूलक गीत प्रस्तुत गर्दा सहभागी स्वयम्सेविकाहरु छमछमी नाचेका थिए। अर्की स्वयम्सेविका विष्णुकुमारी योङहाङले स्वास्थ्य सचेतनामूलक कविता वाचन गर्नुभएको थियो।

यस गाउँपालिकामा स्वास्थ्य स्वयम्सेविकाहरुले वार्षिक रु. ५२ हजार भत्ता प्राप्त गर्दै आएका छन् भने विभिन्न प्रकारका खोप सञ्चालन भएका दिन दैनिक रु. ४०० भत्ता प्राप्त गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख घिमिरेले वताउनुभयो।

गाउँपालिका उपाध्यक्ष एवम् २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसका अध्यक्ष सुमित्रा उप्रेती सेढाईंले शीशू मृत्यु दर र घरमा सुत्केरी गराउने कार्यलाई शून्यमा झार्दै मातृशीशूको हेरचाहमा परिवारलाई जिम्मेवार बनाउन स्वयम्सेविकाहरुले ठूलो योगदान दिएको वताउनुभयो। गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले आगामी दिनमा समेत गाउँपालिकाले अन्यत्रको तुलनामा बढी सेवा सुविधा दिलाउने प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो।

 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win