+
+

टी-२० विश्वकपमा भारतको विजयी शुरुवात

186 पटक हेरिएको
Clock २०८१ जेष्ठ २४, बिहीबार ०२:०२
-- Sponsored --

AI सारांश

Fast AI

१. भारतले आयरल्याण्डलाई २ विकेटले पराजित गर्दै आइसीसी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ।
२. आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
३. भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाएका थिए भने ऋषव पन्तले ३६ रन बनाए भने सूर्यकुमार यादवले २ रन बनाएका थिए।

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा भारतले विजयी शुरुवात गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले आयरल्याण्डलाई २ विकेटले पराजित गरेको हो ।

समुह ए अन्तर्गतको यस खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाएका थिए भने ऋषव पन्तले ३६ रन बनाए भने सूर्यकुमार यादवले २ रन बनाएका थिए । रोहित शर्मा ५२ रन बनाएर रिटायर हर्ट भएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले १६ ओभरमा अल आउट हुदै ९६ रन बनाएको थियो । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले सर्बाधिक २६ रन बनाएका थिए भने जोश लिटिलले १४, कर्टिस काम्फरले १२ तथा लोर्कान टेक्टरले १० रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर हार्दिक पाण्डेयले ३ विकेट लिए भने जसप्रीत बुमराह र अर्शदीप सिंहले २-२ तहत मोहमद सिराज र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

यो जितसँगै भारतले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब आयरल्याण्डले दोस्रो खेल जुन ७ मा क्यानडाविरुद्ध खेल्दै छ । त्यसै गरी भारतले भने जुन ९ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
 
              

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win