0 प्रतिक्रिया
भीम रावल भन्छन्- उच्च ओहोदामा नियुक्ति दिदा विदेशी नागरिकता यकिन गर्ने अख्तियारको कुरा स्वागतयोग्य
AI सारांश
Fast AIभीम रावलको टिप्पणीको ३ बुँदा सारांश:
१. नेकपा एमालेका नेता भीम रावले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत विदेशी नागरिकता वा आवासीय अनुमतिपत्र लिएका व्यक्तिहरू सार्वजनिक पदमा बहाल रहे/नरहेको खोजबिन गर्न सरकारलाई निर्देशन दिएपछि स्वागत योग्य भएको टिप्पणी गरेका छन् ।
२. गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठको बारेमा छानबिन गर्नुपर्ने रावलले बताएका हुन् किनभने उनीहरूले दुई देशको नागरिकता र राहदानी भएका छन् ।
३. भीम रावलको टिप्पणीले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिनलाई स्वागत योग्य भएको बताएका छन् ।
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिन स्वागत योग्य भएको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत विदेशी नागरिकता वा आवासीय अनुमतिपत्र लिएका व्यक्तिहरू सार्वजनिक पदमा बहाल रहे/नरहेको खोजबिन गर्न सरकारलाई निर्देशन दिएपछि रावलको यस्तो टिप्पणी आएको हो ।
मंगलबार सामाजिक सञ्जालमार्फत रावलले दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री रवि लामिछाने र विदेशी पत्रकारसँग विवाह गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठ बारेमा छानबिन गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्- ‘दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबीन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









