+
+

प्रतिनिधि सभाको बैठक: चार मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफल हुने

170 पटक हेरिएको
Clock २०८१ जेष्ठ ३२, शुक्रबार ०२:५१
-- Sponsored --

AI सारांश

Fast AI

१. प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ, जसमा विभिन्न चार मन्त्रालयका शीर्षकहरुमाथि छलफल हुने छ।
२. आज विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ, जसमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका खर्चमा कटौती गर्ने प्रस्ताव समावेश छ।
३. विभिन्न सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्र्तगत विभिन्न मन्त्रालयका खर्च रकममा उल्लिखित रकम घटाउने वा एक रुपैयाँ गर्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा आज पनि बिनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आज विभिन्न चार मन्त्रालयका शीर्षकहरुमाथि छलफल हुने छ । जसमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेटमाथि छलफल हुने छ ।
त्यस्तै आज बिभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव समेत पेश गर्ने कार्यतालिका रहेको छ ।

जुन यस प्रकार छन्: 

१- प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने।

२- डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

३- नागिना यादवले “विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

४- तेजुलाल चौधरीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

५- मैना कार्कीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

६- रोशन कार्कीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

७- राजेन्द्र बजगाइले “विनियोजन विधेयक, २०८१ अन्र्तगत सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

८- डा. धवलशमशेर जंगबहादुर राणाले “विनियोजन विधेयक, २०८१ अन्र्तगत सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win