0 प्रतिक्रिया
हमासका नेताहरुविरुद्ध अमेरिकाले दायर गर्यो मुद्धा
AI सारांश
Fast AIअमेरिकाले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलाको आरोपमा हमासका नेता याह्या सिनवारलगायत धेरै प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ। अमेरिकी न्याय विभागले हमासका छ जना नेतालाई अमेरिकी नागरिकको हत्या, अतिवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र र सामूहिक विनाशका हतियारको प्रयोगलगायत सातवटा आरोपमा अभियोग लगाइएको छ । तर, यी आरोपहरूमा तीन जना नेताहरू मारिएका छन्।
अभियोगमा नाम दिइएको नेताहरूमध्ये खालेद मशाल र अला बारा गाजा र वेस्ट बैंक बाहिरका गतिविधिका लागि जिम्मेवार छन्। अमेरिकाले गाजामा युद्धविरामका लागि प्रयासलाई तीब्र पार्दै दुवै पक्षलाई सम्झौताको प्रस्ताव स्वीकार गर्न अपिल गरेको छ।
यस आरोपले हमास र इजरायल वीचको तनावलाई बढाउने संभावना छ। अमेरिकाले यस मुद्दाको गहन अनुसन्धान गरिरहेको छ र आरोपमा नाम दिइएका नेताहरूलाई दोषी ठहर गर्नका लागि प्रयासरत छ।
काठमाडौँ । अमेरिकाले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलाको आरोपमा हमासका नेता याह्या सिनवारलगायत धेरै प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ।
अमेरिकी न्याय विभागले हमासका छ जना नेतालाई अमेरिकी नागरिकको हत्या, अतिवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र र सामूहिक विनाशका हतियारको प्रयोगलगायत सातवटा आरोपमा अभियोग लगाइएको जनाएको छ ।
आपराधिक उजुरीले हमासद्वारा दशकौं कथित आक्रमणहरू, साथै एक वर्ष अघि दक्षिणी इजरायलमा अभूतपूर्व आक्रमणहरू समावेश गरेको छ । अमेरिकी कानुन एजेन्सीहरूले अक्टोबर ७ का हमलाका लागि जिम्मेवार प्रमुख व्यक्तिहरूलाई जिम्मेवार ठहराउने यो पहिलो प्रयास हो ।
तर, अभियोगमा नाम दिइएको तीनजना इस्माइल हनिया, मारवान इसा र मोहम्मद जैफ भने विगत केही महिनामा हमलामा मारिएका छन् । सिनवार गाजाकै सुरुङमा लुकेर बसेको अनुमान गरिएको छ ।
अभियोगमा नाम दिइएको नेताहरूमा खालेद मशाल र अला बाराका छन्, जो गाजा र वेस्ट बैंक बाहिरका गतिविधिका लागि जिम्मेवार छन् । यी आरोपहरू यस वर्ष फेब्रुअरीमा लगाइएका थिए, तर अमेरिकाले उनीहरुको गिरफ्तारीको आशामा अहिलेसम्म मुद्दा चलाएको थिएन ।
यसैबीच अमेरिकाले गाजामा युद्धविरामका लागि प्रयासलाई तीब्र पार्दै दुवै पक्षलाई सम्झौताको प्रस्ताव स्वीकार गर्न अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











