+
+

द्वितिया मेला भलिवल प्रतियोगिताको उपाधि फेदाप गाउँपालिकालाई

Clock २०८१ कार्तिक २३, शुक्रबार १०:२८
-- Sponsored --

रमेश थापा पाँचथर-द्धितिया मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वासाँगुमा सम्पन्न भएको खुल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि तेह्रथुमको फेदाप गाउँपालिकाले हात पारेको छ। दिपावलीको अवसरमा फाल्गुनन्द ६ र ७ नम्बर वडाको वासाँगुमा भएको प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरलाई हराउदै फेदापले उपाधि हात पारेको हो। प्रतियोगिताको पहिलो र दोस्रो सेट गुमाएको फेदापले तेस्रो र चौथो हातपार्दै खेलमा फकिएको थियो।

पाँचौ सेटमा आमचोक गाउँपालिका बिरुद्ध १८–१६ कठीन जित निकाल्दै फेदापले उपाधि कब्जा गरेको हो। प्रतियोगिताको बिजेता फेदाप गाउँपालिकाले नगद १ लाख २५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पा¥यो। उपबिजेतामा चित्त बुझाएको आमचोक गाउँपालिकाले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो। प्रतियोगिताको बिजेता र उपविजेता टीमलाई फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे र पूर्व अध्यक्ष बीरबहादुर कुरुम्वाङले पुरस्कार बितरण गरेका थिए।

प्रतियोगिताको बेष्ट प्लेयर फेदाप गाउँपालिका तेह्रथुमका कुमार बस्नेत घोषित हुदै नगद ५ हजार ट्रफि, प्रमाण पत्र हात पारे। बेष्ट सरभर मिलन लिम्बु, बेष्ट सेटर मनोज घिमिरे बने, त्यसैगरी बेष्ट ब्लकर भोजपुर आमचोकका सन्दिप बिष्ट, बेष्ट स्पाइकर राजकुमार तामाङ बने।

बेष्ट लिब्रो पाथिभरा याङवरक ताप्लेजुङका गिरिराज क्षेष्ठ बन्दै नगद २५ सय, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए। कार्तिक १८ गतेदेखि संचालन भएको प्रतियोगितामा भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथरका १२ टीमको सहभागी रहेको आयोजक त्रिबेणी क्लबका अध्यक्ष बसन्त आङदेम्बेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस