0 प्रतिक्रिया
बाढी पीडित श्रेष्ठ दम्पतीलाई नयाँ घर हस्तान्त्रण
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्न ३ वटा बुँदामा दिएको छ:
* पाँचथरको फिदिम नगरपालिका–११ का प्रेमप्रसाद श्रेष्ठलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ।
* रणशेर गणका नेपाली सेनाको श्रम तथा स्थानीयवासीको सहकार्यमा नयाँ घर निर्माण गरी हस्तानत्रण गरिएको हो।
* घर निर्माणको लागि आवस्यक काठपात सल्लेरी सामुदायिक बन फिदिम ११ ले उपलव्ध गराएको थियो, र अन्य सामग्री खरिदका लागि विभिन्न व्यक्तिले नगद आर्थिक सहयोग गरेका थिए।
रमेश थापा
पाँचथर-पाँचथरको फिदिम नगरपालिका–११ का प्रेमप्रसाद श्रेष्ठलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ। आर्थिक रुपमा विपन्न र अपाङ्गता भएका श्रेष्ठको नयाँ घर रणशेर गण पाँचथरका गणपती प्रमुख सेनानी निरज प्रताव राणाले सोमबार एक कार्यक्रमका बीच श्रेष्ठलाई साँचो बुझाउदै घर हस्तान्त्रण गरेका थिए।
गत असोज ११ र १२ गतेको परेको अविरल वर्षादका कारण स्थानीय फेमे खोलामा आएको बाढीले घरसहित पशुचौपाय बगाएको थियो। घर बिहिन भएका श्रेष्ठ परिवारलाई जनसेवा समाज पाँचथरको समन्वय साथै रणशेर गणका नेपाली सेनाको श्रम तथा स्थानीयवासीको सहकार्यमा नयाँ घर निर्माण गरी हस्तानत्रण गरिएको हो।
श्रेष्ठको घर निर्माण गर्न रणशेर गण फिदिमका ५२ जना नेपाली सेनाले खटिएका थिए। जस्तापाताको छानो र बाँसले घेराबारा लगाएर दुई कोठे घर निर्माण गरिएको थियो।
घर निर्माणको लागि आवस्यक काठपात सल्लेरी सामुदायिक बन फिदिम ११ ले उपलव्ध गराएको थियो। जस्तापाता सहितका अन्य सामग्री खरिदका लागि फिदिम–११ का आशिष आङबो, फिदिम–२ का शंखरकुमार थापा मगर, फिदिम–४ का राजकुमार जोशी, फिदिम–१ का गजेन्द्र थापा र फिदिम नगरपालिका–४ का राजेन्द्र अधिकारीले नगद ४६ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेका थिए। श्रेष्ठको परिवारमा श्रीमती र छोरा सहित तीनजना रहेका छन।
जनसेवा समाज पाँचथरले लामो समयदेखि दाताहरुको सहयोगमा सुरक्षाकर्मी र स्थानीयसँगको समन्वयमा विपन्न, अपाङ्ग, विपदमा परेका नागरिकलाई सहयोग गर्दै आएको अध्यक्ष राजेन्द्र अधिकारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











