+
+

बेवारिसे बम विष्फोटक पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

160 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ मंसिर १८, मंगलवार १६:३३
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

* पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बेवारिसे बम विष्फोटमा परि एकै परिवारका दाजुभविनी दुई व्यक्तिको ज्यान गयो। दुई बालक घाइते भए।
* पीडित परिवारलाई सहानुभुति र घाइते बालकहरुको जिवनरक्षा साथै थप उपचारमा सहयोग पु¥याउने उदेश्यले फालेलुङ कंञ्चनजंगा पर्या पर्यटन प्रवद्धन संस्था र दिप ज्योती युवा क्लवमार्फत नगद रु २ लाख ८२ हजार ४ सय ५६ र फालेलुङ सेवा समाजमार्फत ६० हजार ५ सय संकलन गरि सहयोग प्रदान गरिएको।
* सहयोग कार्याक्रममा फालेलुङ ५ का वडाअध्यक्ष तथा फालेलुङ गाउँपालिकाका प्रवक्ता भरत कुमार खपाङ्गी मगर, तिन वटै संस्थाका प्रतिनिधिहरु साथै सुरक्षाकर्मीहरुको पनि उपस्थित रहेको थियो।

इवारा जवेगु ,पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका-५ डाँडागाउँका बेवारिसे बम विष्फोट पीडित परिवारलाई मंसिर १७ गते आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
गत भदौ १३ गते फालेलुङ गाउँपालिका-५ डाँडागाउ, प्राङबुङ्गमा बम विष्फोटमा परि एकै परिवारका दाजुबहिनी ११ बर्षीय दिप्सन र अढाई बर्षीया प्रिन्सा सावाको ज्यान गएको थियो। बम विष्फोटमै परि दुइ बालक ११ वर्षीय पवन राई र सात वर्षीय दिप्सन राई घाइते भएका थिए।
उनीहरु उपचारत छन् । मृतकका परिवारमा सहानुभुति र घाइते बालकहरुको जिवनरक्षा साथै थप उपचारमा सहयोग पु¥याउने उदेश्यले सहयोग प्रदान गरिएको दिप ज्योती युवा क्लवका निर्देशक सुनिल बान्तावाले बताउनुभयो।
वडा कार्यालयको सिफारिसमा फालेलुङ कंञ्चनजंगा पर्या पर्यटन प्रवद्धन संस्था र दिप ज्योती युवा क्लवमार्फत नगद रु २ लाख ८२ हजार ४ सय ५६ र फालेलुङ सेवा समाजमार्फत ६० हजार ५ सय संकलन गरि सहयोग प्रदान गरिएको निर्देशक बान्तावाले बताउनुभयो। उहाँका अनुसार पीडित परिवारप्रति राज्य जिम्मेवार नहुदा वडा कार्यालयको सिफारीसमा भदौ २० गतेबाट आर्थिक संकलनमा जुटेको बताउनुभयो।
सहयोग कार्याक्रममा फालेलुङ ५ का वडाअध्यक्ष तथा फालेलुङ गाउँपालिकाका प्रवक्ता भरत कुमार खपाङ्गी मगर, तिन वटै संस्थाका प्रतिनिधिहरु साथै सुरक्षाकर्मीहरुको पनि उपस्थित रहेको फालेलुङ सेवा समाजका महासचिव मंगलसिं केरुङले जानकारी दिनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win