इवारा जवेगु ,पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका-५ डाँडागाउँका बेवारिसे बम विष्फोट पीडित परिवारलाई मंसिर १७ गते आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
गत भदौ १३ गते फालेलुङ गाउँपालिका-५ डाँडागाउ, प्राङबुङ्गमा बम विष्फोटमा परि एकै परिवारका दाजुबहिनी ११ बर्षीय दिप्सन र अढाई बर्षीया प्रिन्सा सावाको ज्यान गएको थियो। बम विष्फोटमै परि दुइ बालक ११ वर्षीय पवन राई र सात वर्षीय दिप्सन राई घाइते भएका थिए।
उनीहरु उपचारत छन् । मृतकका परिवारमा सहानुभुति र घाइते बालकहरुको जिवनरक्षा साथै थप उपचारमा सहयोग पु¥याउने उदेश्यले सहयोग प्रदान गरिएको दिप ज्योती युवा क्लवका निर्देशक सुनिल बान्तावाले बताउनुभयो।
वडा कार्यालयको सिफारिसमा फालेलुङ कंञ्चनजंगा पर्या पर्यटन प्रवद्धन संस्था र दिप ज्योती युवा क्लवमार्फत नगद रु २ लाख ८२ हजार ४ सय ५६ र फालेलुङ सेवा समाजमार्फत ६० हजार ५ सय संकलन गरि सहयोग प्रदान गरिएको निर्देशक बान्तावाले बताउनुभयो। उहाँका अनुसार पीडित परिवारप्रति राज्य जिम्मेवार नहुदा वडा कार्यालयको सिफारीसमा भदौ २० गतेबाट आर्थिक संकलनमा जुटेको बताउनुभयो।
सहयोग कार्याक्रममा फालेलुङ ५ का वडाअध्यक्ष तथा फालेलुङ गाउँपालिकाका प्रवक्ता भरत कुमार खपाङ्गी मगर, तिन वटै संस्थाका प्रतिनिधिहरु साथै सुरक्षाकर्मीहरुको पनि उपस्थित रहेको फालेलुङ सेवा समाजका महासचिव मंगलसिं केरुङले जानकारी दिनुभयो ।