0 प्रतिक्रिया
नेपालले एआईमा लगानी नगरे पछाडि पर्ने चेतावनी
AI सारांश
Fast AI१. भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले नेपालले एआईमा लगानी गर्न ढिला गर्न नहुने बताएका छन् ।
२. उनले एआईको दौडमा जित्ने देशले संसारलाई नै आफ्नो अधिनमा राख्ने तथ्यलाई मध्यनजर गर्दै अमेरिका र चीनले वार्षिक खर्बौं डलर लगानी गरिराखेका छन् ।
३. उनले कलेजको पढाइकै क्रममा एआईको सिप विकासमा जोड दिन र अन्तिम वर्षको फाइनल प्रोजेक्टमा एआईलाई समाहित गर्न सुझाव दिए ।
ललितपुर, २१ मंसीर । भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अहिले नै पर्याप्त लगानी नगरे देश धेरै पछाडि पर्ने भएकोले नेपालले एआईमा लगानी गर्न ढिला गर्न नहुने बताएका छन् ।
सानेपा ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज र एनडिआरआईको संयुक्त आयोजनामा एभरेष्ट इन्जिनियरिङ कलेजको सभाहलमा भएको कलेजका शिक्षक तथा विद्यार्थीहरूसँगको छलफल कार्यक्रममा भारतको मुम्बईस्थित भिट्टी रिसर्च इन्स्टिच्युटका अध्यक्षसमेत रहेका उनले अहिलेको समय सूचना प्रविधिको युग भएको, मानव जीवनका सबै आयामहरूमा एआईको प्रयोग तीव्र गतिमा बढिरहेकोले यस विषयमा नेपालीहरु गम्भीर हुन सुझाए ।
संसारका प्रायः सबै ठूला उद्योगहरू एआईकै माध्यमबाट चुस्त हुँदै गएका छन्, उनले भने, एआईको दौडमा जित्ने देशले संसारलाई नै आफ्नो अधिनमा राख्ने तथ्यलाई मध्यनजर गर्दै अमेरिका र चीनले वार्षिक खर्बौं डलर लगानी गरिराखेका छन् । भारतले एआईमा लगानी बढाउन शुरू गरिसकेकोले नेपाल यस विधामा पछाडि पर्न नहुने जानकारी उनले गराए ।
एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र सुचना प्रविधिका स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै उनले कलेजको पढाइकै क्रममा एआईको सिप विकासमा जोड दिन र अन्तिम वर्षको फाइनल प्रोजेक्टमा एआईलाई समाहित गर्न सुझाव दिए । एआईको तीव्र विकासको तीन मुल चरणहरू रहेको र हाल भारत र नेपाल जस्ता देशहरू एआई विकासको प्रारम्भिक चरणमै रहेको तथ्यमाथि प्रकास पारेका छन् । उनले अमेरिका र चीन एआई विकासको मध्यम चरणमा लागिरहेको जानकारी पनि गराए ।
एआई प्रयोगको लागि भौतिक तथा मानव संसाधनको पर्याप्त पूर्वाधारहरू नभएका देशहरूमा विदेशी लगानी आउने संभावना न्युन हुँदै गइरहेकाले सरकारले भौतिक पूर्वाधारको विकासमा तथा एभरेष्ट इन्जिनियरिङ कलेज जस्ता संस्थाहरूले एआई प्रयोग गर्न सक्षम मानव संसाधनको विकासमा जोड दिनुपर्ने धारणा उनले राखे ।
एभरेष्ट इन्जिनियरिङ कलेजले स्नातकोत्तर तहमा पनि कम्प्युटर इन्जिनियरिङको अध्यापन गरिरहेकाले यस कलेजबाट अध्ययन सकाएका छानिएका विद्यार्थीहरूलाई मुम्बईको कम्पनीहरूमा इन्टर्नसिपको सम्भावना उच्च रहेको जानकारी पनि उनले बताए । कार्यक्रम एभरेष्ट इन्जिनियरिङ कलेजका रिसर्च कमिटीका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो । कलेजका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार भण्डारी र प्राचार्य विरोध रिजालले कुन्दनाकुमार लाल तथा एनडिआरआईका वरिष्ठ शोध विशेषज्ञ प्रा.डा. नवराज खतिवडालाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन एनडिआरआईका सञ्चार अधिकारी आष्मा अर्यालले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









