0 प्रतिक्रिया
भारतको संसदमा संबिधान संसोधनका बारेमा गम्भिर बहस सुरू
AI सारांश
Fast AI१. भारतीय संविधान लागू भएको ७५ वर्ष पूरा भएको छ, जसको उपलक्ष्यमा लोकसभामा छलफल हुनेछ।
२. मोदी सरकार र विपक्षी कांग्रेस दुवैले संविधानमाथिको छलफलको तयारी पूरा गरिसकेको जनाएका छन्।
३. एक राष्ट्र एक निर्वाचनको मुद्दा फेरी चर्चामा छ, जसका लागि पूर्व राष्ट्रपति रामनाथ कोविन्दको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो।
नयाँ दिल्ली, २८ मंसीर । भारतीय संविधान लागू भएको ७५ वर्ष पूरा भएको छ ।
संसदको हिउँदे अधिवेशनमा आज लोकसभामा यसबारे छलफल हुनेछ। मोदी सरकार र विपक्षी कांग्रेस दुवैले संविधानमाथिको छलफलको तयारी पूरा गरिसकेको जनाएका छन ।
मोदी सरकारको तर्फबाट रक्षामन्त्री राजनाथ सिंहले छलफलको प्रारम्भ गर्नेछन्। जबकि कांग्रेस सांसद प्रियंका गान्धीले यसको जवाफ दिन र संसदमा पहिलो पटक भाषण दिएकी छिन् ।
यस छलफलमा भाजपाका १२ वरिष्ठ नेताहरूले भाग लिन सक्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले डिसेम्बर १४ तारिख शनिबार साँझ लोकसभा सदनमा संविधानमाथिको आजको छलफलको जवाफ दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आजको लोकसभामा संविधानमाथि भएको छलफललाइ बिशेष महत्वका साथ हेरिएको छ ।
एक राष्ट्र एक निर्वाचनको मुद्दा फेरी चर्चामा छ । मोदीको मन्त्रिपरिषद्ले एक देश, एक चुनावको विधेयक स्वीकृत गरेको छ । यसका लागि पूर्व राष्ट्रपति रामनाथ कोविन्दको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो ।
विधेयकमा ३२ राजनीतिक दलले समर्थन गरेका छन् भने १५ वटाले विरोध गरेका छन् । विपक्षी दलहरूमा कांग्रेस पनि समावेश छ, जसका नेता राजीव शुक्लाले यस विधेयकमा प्रतिक्रिया दिएका छन्।
सो बहसका कारण आजको राज्यसभा बैठक स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









