Comments Add Comment

रबि लामिछानेलाइ अदालत लगियो, १ अर्ब ५१ करोड बीगो मागसहित मुद्दा दर्ता हुने

कास्की, २ पुस । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ अदालत लगिएको छ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

लामिछाने माथी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो।

डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाइ दिएको जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने  भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै