0 प्रतिक्रिया
आज फिदिममा जोन एण्ड दि लोकल ब्याण्डको लाइर्भ कन्सर्ट
AI सारांश
Fast AIनिम्नलिखित ३ बुँदामा छोटो सारांश लेखिएको छ:
* पाँचथरमा जोन चाम्लिङ र उनका ब्याण्ड जोन एण्ड दि लोकल ब्याण्डको आज लाइभ कन्सर्ट हुन लागेको छ।
* यो कन्सर्ट फिदिम मा.वि को खेलमैदानमा बेलुका ८ बजेदेखी हुने आयोजकले जनाएको छ।
* कन्सर्टमा करिब पाँच देखी आठँ हजार दर्शकहरुको उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ भने यो कार्यक्रमले फिदिम बजारमा पर्यटकीय स्थानको प्रवर्द्धन साथै व्यावसायिक गतिबिधिमा टेवा पुर्याउने उदेश्य राखिएको छ।
पाँचथर। “फर्कन्न होला”, “भनन् मात्र”, “साधना”, “हावाजस्तै मलाई” जस्ता चर्चित गितहरु आज साझ फिदिममा गुन्जदैँछ।
पछिल्लो समय युवा पुस्ताले निकै रुचाएका गायक जोन चाम्लिङ र उनका ब्याण्ड जोन एण्ड दि लोकल ब्याण्डको आज लाइभ कन्सर्ट हुदैछ। ब्याक बिन्स क्याफे एण्ड बार र बरदान संगितालयको संयुक्त आयोजनामा फिदिम मा.वि को खेलमैदानमा उक्त कन्सर्ट हुन लागेको हो।
आज बेलुका ८ बजेदेखी उक्त ब्याण्डको लाइभ कन्सर्ट हुने आयोजकले जनाएको छ। पूर्वका जिल्लाहरु सुनसरी, मोरङ, पश्चात पाँचथरमा पहिलो पटक यो ब्याण्डले प्रस्तुती दिन लागेको हो।
फिदिम बजारमा पर्यटकीय स्थानको प्रवर्द्धन साथै व्यावसायिक गतिबिधिमा टेवा पुर्याई नगरको चहलपहल बढाउने मुख्य उदेश्य लिई धेरै अगाडीको देखीको प्रयास पछी यो लाईभ कन्सर्ट तयारी पुरा भएको आयोजकले जनाएको छ।
आजको कन्सर्टमा करिब पाँच देखी आठँ हजार दर्शकहरुको उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











