+
+

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट

101 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष ३, बुधबार १६:११
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ बुँदामा प्रस्तुत गरिएको छ:

१. वीरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन विभागले यस आर्थिक वर्षमा ५ महिनामा १० करोड भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ।

२. डिएसपी सुरज रिजालको नेतृत्वमा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले साउन देखी मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा १० करोड ४६ लाख, ८७ हजार,८०० रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सारमा बुझाएको छ।

३. सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले उक्त अवधिमा साढे ३३ किलो गाँजा, नशालु इन्जेक्सन, ट्याबलेट, झोल औषधी बरामद गरी लागूऔषध ओसारपसार, तस्करीमा संलग्न २१ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।

सञ्जय मिश्रा
रौतहट ३ पुस। बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन ९अवैध सामान बरामद० गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै पुनः उत्कृष्ट भएको छ ।

राजश्व संकलनमा गत आर्थिक बर्षमा देशमै उत्कृष्ट रहेको गुल्म यस आर्थिक वर्षमा पनि प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले उत्कृष्ट बनेको हो।
वीरगन्ज भन्सार एरियाबाट यस आर्थीक बर्षको साउन देखी मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा को तस्करीको माध्यमले भित्र्याइएको १० करोड भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको हो ।

डिएसपी रिजाल अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणको तस्करीको माध्यमले भित्र्याएको मालसमान  बरामद गर्न सफल भएका हुन् ।
सशस्त्र प्रहरी बल प्रस्तावित भन्सार गुल्मको इतिहासमा डिएसपी रिजालको कमाण्डले सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरी भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एस एसपी सुर्यसेन ओलीले बताएका छन् ।

यस आर्थिक वर्षको साउन महिनामा २ करोड ६१ लाख ५० हजार ८८२, भदौ महिनामा २ करोड ६१ लाख,१७ हजार,८६८, असोज महिनामा १ करोड ६४ लाख,६३ हजार,६३४, कार्तिक महिनामा,१ करोड ५३ लाख,२१ हजार ,८३५ , र मंसिर महिनामा २ करोड,६ लाख,३३ हजार,५८१ गरी कुल १० करोड ४६ लाख, ८७ हजार,८०० रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको डिएसपी सुरज रिजालले बताएका छन्।

त्यसैगरी सोही अवधिमा सशस्त्र प्रहरीको टोलीले चेक जाँचको क्रममा साढे ३३ किलो गाँजा, बिभिन्न किसिमका नशालु इन्जेक्सन १६ सय ८ एमपुल,७ हजार ३५६ ट्याबलेट,८४ फाईल झोल औषधी बरामद गरिएको डिएसपी रिजालले बताएका छन्।

उक्त अवधिमा लागूऔषध ओसारपसार, तस्करीमा संलग्न २१ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

डिएसपी रिजाल वीरगन्ज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए । गत आर्थिक बर्षमा हाजिर भएको  मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैयाँ मूल्य बराबरको तस्करीका मालसमान  बरामद गरी भन्सारमा बुझाएको थियो।

सशस्त्र प्रहरी बल वीरगन्ज गुल्म यस आर्थिक वर्षको मंसिर मसान्त सम्ममा तस्करीका मालसमान बरामद गरी भन्सार दाखिला गराउन नेपालमै उत्कृष्ट हुनसफल भएको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win