+
+

फिदिमका ३१ जना महिलालाई नेतृत्व विकास तालिम

252 पटक हेरिएको
Clock २०८१ फाल्गुन १३, मंगलवार ०७:५१
-- Sponsored --

AI सारांश

Fast AI

१. अन्तरपार्टी महिला सञ्जाल पाँचथरले फिदिम नगरपालिका क्षेत्र भित्रका ३१ जना महिलाहरुलाई नेतृत्व विकास तालिम दिएको छ।
२. महिला सशक्तिकरणका लागि सचेतना फैलाउने तथा महिलाको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित तालिममा नेतृत्व विकासका विभिन्न विषयमा प्रशिक्षण दिइएको छ।
३. फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले महिलाहरुलाई राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा नेतृत्व तहमा पु¥याउन नगरपालिकाले लगानी गर्दै आएको वताउनुभयो।

रवीन्द्र काफ्ले 
पाँचथर, १२ फागुनः
फिदिम नगरपालिकाको आर्थिक सहयोगमा अन्तरपार्टी महिला सञ्जाल पाँचथरले फिदिम नगरपालिका क्षेत्र भित्रका ३१ जना महिलाहरुलाई नेतृत्व विकास तालिम दिएको छ।
फागुन ९ गतेदेखि ११ गतेसम्म फिदिम नगरपालिकाको सभाहलमा सञ्चालित तालिममा नगरपालिकाका १४ वटै वडाका ३१ जना महिलाको सहभागिता थियो। महिला सशक्तिकरणका लागि सचेतना फैलाउने तथा महिलाको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित तालिममा नेतृत्व विकासका विभिन्न विषयमा प्रशिक्षण दिइएको अन्तरपार्टी महिला सञ्जाल पाँचथरका अध्यक्ष मीना रिजाल केरुङले जानकारी दिनुभयो।
तालिमको समापन कार्यक्रममा तालिम लिएका चाहना कन्दङ्वा, प्रमिला तामाङ, मुना आमगाई, रविना मगर र टीका अधिकारीले आ–आफ्नो अनुभव राख्दै चुलोचौकामा ब्यस्त महिलाहरुको क्षमता विकासका लागि स्थानीय तहहरुले थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “हामी घरायसी काममा ब्यस्त महिलाहरुले यहाँ सबैका सामुन्नेमा केही कुरा बोल्न सक्ने भएका छौं”, प्रशिक्षार्थी टीका अधिकारीले भन्नुभयो, “आगामी दिनमा समेत फिदिम नगरपालिकासहितका निकायले महिलाहरुको नेतृत्व विकासमा थप लगानी गर्नु प¥यो।”
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले महिलाहरुलाई राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा नेतृत्व तहमा पु¥याउन नगरपालिकाले लगानी गर्दै आएको वताउनुभयो । नगर प्रमुख काफ्लेले नगरपालिकासहित सरकारी निकायको लगानी परिणामुखी हुनुपर्नेमा जोड दिनुभयो।
अन्तरपार्टी महिला सञ्जाल पाँचथरका अध्यक्ष मीना रिजाल केरुङले महिलाहरुलाई प्रभावकारी भूमिकासहित नीति निर्माण तथा निर्णायक तहमा पु¥याउन सञ्जालले पाँचथरमा आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउने प्रयास गर्ने वताउनुभयो । जिल्लाका सबै स्थानीय तहहरुमा सञ्जालको कार्यसमिति विस्तार गर्ने योजना बनाइएको केरुङले जानकारी दिनुभयो। तालिमलाई अधिवक्ता युधिष्ठिरराज आमगाईंले सहजिकरण गर्नुभएको सञ्जालका सचिव सानुमाया थापा मगरले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win