पाँचथर। बिर्तामोडस्थित बसपार्क नजिकै रहेको चिया बगानमा एक पुरुष मृतक फेला परेको छ।
बिर्तामोड बसपार्क पूर्व अर्जुनधारा ११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र दुर्गन्धित अवस्थामा एक पुरुषको मृतक अवस्थामा शव फेला परेको हो।
मृतकको शवसंगै फेला परेको नागरिकताका आधारमा उनी पाँचथर फिदिम ७ रानीटारका टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको खुलेको प्रहरीले जनाएको छ।
फागुन १५ गते विहिबार विहान ७ बजेतिर उक्त स्थानमा कुहिन लागेको अवस्थामा शव फेला परेको हो। मृतकको शव करिब एक हप्ता अगाडि देखीको हुन सक्ने आशंका गरिएको छ।