+
+

‘नो केवलकार’ समूहलाई सरकारले पत्र पठाएन, गृहमन्त्रीले संसदबाटै गरे वार्ताको आह्वान

123 पटक हेरिएको
Clock २०८१ फाल्गुन १८, आईतवार १५:०६
-- Sponsored --

AI सारांश

Fast AI

१. गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन्।
२. केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताउँदै गृहमन्त्रीले जनतालाई अनुभूत हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको उल्लेख गरे।
३. केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको गृहमन्त्री लेखकले बताए।

काठमाडौं, १८ फागुन । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन्।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले ‘नो केवलकार’ समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताउँदै गृहमन्त्रीले जनतालाई अनुभूत हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको उल्लेख गरे ।

गृह मन्त्रालयले आइतबार केवलकार विरोधी समूहलाई वार्ताका लागि पत्र पठाउने भनिएको थियो । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद आचार्यले यस्तो जानकारी दिए पनि अहिलेसम्म पत्र पठाइएको छैन । बरु गृहमन्त्रीले संसदबाटै वार्तामा आह्वान गरे।

गृहमन्त्री लेखकले पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताए। ‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’ उनले भने ।

निर्माणधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेसनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० माघ २ गते भएको उनले बताए । यो निर्णय तत्कालीन गृहमन्त्रीस्तरको निर्णय रहेको उनले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win