+
+

आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह

172 पटक हेरिएको
Clock २०८१ फाल्गुन २१, बुधबार १६:१६
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

* आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन्।
* सांसद किनबेच हुन्छ भनिनु आफैँमा गम्भीर विषय रहेको र २१ औं शताब्दीमा पनि सांसद किनबेच हुन्छ भन्ने कुरा लाजमर्दो छ।
* जिम्मेवार सांसदले सांसद किनबेचमा रहेको भन्न मिल्ने कि नमिल्ने पनि उनको प्रश्न छ, र संसद अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जवाफ दिन जरुरी छ।

काठमाडौं, २१ फागुन । आम जनता पार्टीकबा अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ,’ उनले भने । २१ औं शताब्दीमा पनि सांसद किनबेच हुन्छ भनिनु आफैँमा गम्भीर विषय रहेको उनले बताए । 

‘अहिलेको २१औं शताब्दीमा, आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो छ । सिंगै संसद अपमानित हुने यो विषयमा सम्माननीय सभामुखज्यु गम्भीर हुन जरुरी छ । सम्मानित संसद अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जवाफ दिन जरुरी छ,’ उनले भने । 

जिम्मेवार सांसदले सांसद किनबेचमा रहेको भन्न मिल्ने कि नमिल्ने पनि उनको प्रश्न छ । ‘होइन भने एउटा जिम्मेवार सांसदले यस्तो भन्न मिल्छ कि मिल्दैन रु मिल्दैन भने यसमा कानुन लाग्छ कि लाग्दैन ?,’ साहले प्रश्न गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win