0 प्रतिक्रिया
गुरु ओमनन्दको ४५ औँ जन्यजयन्तीको अवसरमा रक्तदान कार्यक्रम
AI सारांश
Fast AIनेपाली समाचारको ३ वटा बुँदामा सारांश निम्नलिखित छ:
* पाँचथरमा स्वामी डा.वाल तपस्वी सत गुरु ओमनन्दको ४५ औँ जन्यजयन्तीको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ।
* हेभेन्ली निर्माण पाथ पाँचथरको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा चैत्र १७ गते आइतबार फिदिम–२ महानन्दचौकस्थित सेमीच्योङ भवनमा रक्तदान कार्यक्रम गरिएको थियो।
* कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए भने जिल्लाका विभिन्न स्थानबाट ६० जना प्रेमबाद दर्शनार्थीहरुको उपस्थिती रहेको थियो।
पाँचथर। प्रेमवाद दर्शनका प्रतिपादक स्वामी डा.वाल तपस्वी सत गुरु ओमनन्दको ४५ औँ जन्यजयन्तीको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ।
रक्तदान नै जिवन दान हो भन्ने नाराको साथ हेभेन्ली निर्माण पाथ पाँचथरको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो। चैत्र १७ गते आइतबार फिदिम–२ महानन्दचौकस्थित सेमीच्योङ भवनमा गुरुको जन्मजयन्तीको अवसरमा २० जनाले रक्तदन गरेका थिए।
धर्म दर्शनका अनुसार गुरुले बर्डथे सेलिबे्रट नगर्नू बरु सेवाको काम गर्नू भन्नुभएकोले उहाँको प्रत्येक जन्मजयन्तीमा सेवाको कार्यनै गर्ने गरेको हेभेन्ली निर्माण पाथ पाँचथरका अध्यक्ष भक्तिमाया मगरले बताउनुभयो।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट ६० जना प्रेमबाद दर्शनार्थीहरुको उपस्थिती रहेको थियो । उपस्थित दर्शनार्थीहरुलाई गणएञ्जल वाणी सुनाईएको समितिका सचिव रेशन त्यागी (रमेश राई) ले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









