+
+

गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय

67 पटक हेरिएको
Clock २०८२ जेष्ठ ११, आईतवार १७:२६
-- Sponsored --

काठमाडौं । नेकपा (एमाले) को ५२ औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै भने,‘आजको बैठक समसामयिक विषयमा केन्द्रित थियो । बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । यस अवसरमा जनसमुदायलाई पनि गणतन्त्र दिवस उत्साहपूर्वक मनाउन आह्वान गरिएको छ ।’

साथै उनले, पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताए ।  पालिका स्तरमै विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको पोखरेलले बताए ।

एमालेले गणतन्त्र दिवसलाई जनस्तरमा अझ व्यापक बनाउने उद्देश्यले स्थानीय तहका कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win