0 प्रतिक्रिया
पाँचथर जिल्लाका स्थानीयबासी, नागरिक समाजहरुसँग परिचय तथा अन्तरक्रिया
AI सारांश
Fast AI१. कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले पाँचथर जिल्ला प्रहरी कार्यालय निरीक्षण गर्नु भएको थियो।
२. उनले जिल्ला प्रहरी कार्यालय पाँचथरको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग स्थानीय स्तरमा भएका समस्या र गुनासोहरुको बारेमा जानकारी लिनु हुँदै छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो।
३. उनले दैवि प्रकोपको समयमा जनधनको उद्दारको लागी स्थानीय स्तरबाट प्रहरीलाई साथ र सहयोगको अपेक्षा गर्नु हुँदै ट्राफिक ब्यवस्थापनको बिषयमा समेत नागरीकहरु सचेत भएमा सवारी दुर्घटनाका घटनामा कमी हुने बिश्वास ब्यक्त गर्नु भयो।
पाचँथर, जेठ २७ गते
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले पाँचथर जिल्लाका समन्वय समिति प्रमुख राम राज आङदम्बे, पाँचथरका जिल्लाका नगर प्रमुख मित्र प्रसाद काफ्ले, स्थानीयबासी, जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, व्यापार संघ, नागरिक समाज, संचारकर्मी लगायतका महानुभावहरुसंग परिचय तथा अन्तरक्रिया गर्नु भएको छ । जेष्ठ २७ गते जिल्ला प्रहरी कार्यालय पाचँथरको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले स्थानीय स्तरमा भएका समस्या र गुनासोहरुको बारेमा जानकारी लिनु हुँदै जिल्लाको शान्ति सुरक्षा, स्थानीय नागरिक र प्रहरी बिचको सहकार्य, लागू औषधको ओसारपसार, अपराधका घटना न्यूनिकरणको लागि स्थानीयबासीको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । साथै वहाँले दैवि प्रकोपको समयमा जनधनको उद्दारको लागी स्थानीय स्तरबाट प्रहरीलाई साथ र सहयोगको अपेक्षा गर्नुको साथै साथै ट्राफिक ब्यवस्थापनको बिषयमा समेत नागरीकहरु सचेत भएमा सवारी दुर्घटनाका घटनामा कमी हुने बिश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









