+
+

प्रथम सुम्हा?लुङकप ब्याडमिन्टन खेल सम्पन्न, योगदानकर्तालाई सम्मान

118 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ असार ९, सोमबार ०८:५९
-- Sponsored --

पाँचथर । असार ५ गतेदेखी सुरु भएको प्रथम सुम्हा?लुङकप खुला ब्याडमिन्टन प्रतियोगिता असार ७ गते शनिबार सम्पन्न भएको छ।
पाँचथर ब्याडमिन्टन संघको आयोजनामा सो प्रतियोगितामा सञ्चालन भएको हो।
प्रतियोगितामा पुरुष युगलतर्फ नेपाल पुलिसका कबिर केसी र इलामका दिवश शंकरको जोडिले फाइनल खेलमा एपिएफका भोजबहादुर गुरुङ र विराट ब्याडमिन्टन क्लबका नविन सिलवालको जोडिलाई हराउदै जित प्राप्त गरे। उनीहरुले नगद ५१ हजार प्राप्त गरे भने विजेता जोडिले नगद २५ हजार र तेस्रो हुने जोडिले नगद १२ हजार ५ सय रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
महिला युगलतर्फ त्रिभूवन आर्मीका अमिता गिरी र रसिला मर्हजनको जोडिले एपिएफकी नविना राई र भोजपुरकी रोजी राईको जोडीलाई हराउदैँ उपाधि प्राप्त गरे। विजेता जोडिले नगद ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले ७ हजार ५ सय सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै, यू–१५ ब्योइज एकलतर्फ झापाका सुदिप राईलाई पराजित गर्दै त्रिभूवन आर्मिका सुदीस राजकोटीले विजय प्राप्त गरे । यू–१५ एकल महिलातर्फ भने झापाकी रितु तामाङलाई पराजित गर्दै त्रिभूवन आर्मीकी समृद्धि श्रेष्ठले विजय प्राप्त गरिन् । दुवै तर्फका विजेतालाई समान १५ हजार र उपविजेतालाई १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको पाँचथर ब्याडमिन्टन संघका सचिव मंगल बेघाले जानकारी दिनुभयो ।
संयुक्त १०० वर्षभन्दा माथिका भेट्रान्स डबल्समा पाँचथरका रामराज आङदेम्बे र इन्द्र महतलाई पराजित गर्दै पाँचथरकै एलबी साँवा र ज्ञानेन्द्र तामाङको जोडि विजयी भएका छन् । यो विद्यामा विजेता जोडिले नगद ३० हजार, उपविजेताले १५ हजार र तेसा्रे हुने जोडिलाले ७ हजार ५ सय प्राप्त गरेका छन ।
मिश्रित युगलतर्फ त्रिभूवन आर्मीका विद्यान अधिकारी र रसिला मर्हजनको जोडिले एपिएफका भोजबहादुर गुरुङ र शोभा गोचनको जोडिलाई पराजित गर्दै उपाधि हात पारे । विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैया प्राप्त गरेका छन् ।
पाँचथर जिल्लाको बि समूहमा द्धिग्ज खतिवडा र सुवास राईको जोडिले भविन्द्र मगर र संयोग राईलाई पराजित गर्दै विजय प्राप्त गरे । विजेता जोडिले नगद २० हजार र उपविजेताले १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
ब्याडमिन्टन कवर्डहलमा तिन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालका शीर्ष वरियताका खेलाडीसहित करिब २५० जना खेलाडीहरुको सहभागिता रहेको संघका सचिव बेघाले जानकारी दिनुभयो ।
कार्यक्रमको अवशरमा पाँचथर जिल्लामा ब्याडमिन्टन विकासमा पु¥याएका योगदानको कदर गर्दै ब्याडमिन्टन संघका पूर्व अध्यक्ष महेन्द्र बिक्रम थाम्सुहाङ र पूर्व राष्ट्रिय खेलाडी बलबहादुर थापा मगरलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win