+
+

सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम

184 पटक हेरिएको
Clock २०८२ असार २४, मंगलवार १६:२२
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लाका सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम फिदिममा सम्पन्न भएको छ।
२. कार्यक्रममा विद्यालयमा शिक्षण सिकाइ सुधारका लागि आ–आफ्ना विद्यालयले गरेका असल अभ्यासहरु, शिक्षण सिकाइका समस्याहरु तथा समस्या समाधानका उपायहरुका विषयमा प्रधानाध्यापकहरुबिच अन्तरक्रिया तथा छलफल गरिएको थियो।
३. कार्यक्रममा पाँचथर जिल्लाका नमुना माध्यमिक विद्यालयहरुका असल अभ्यासहरुलाई अन्य विद्यालयहरुले पनि अनुशरण गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए।

दिपक दुलाल,असार २४
सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न भएको छ।
नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरको आयोजनामा आर्थिकवर्ष २०८१-०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत पाँचथर जिल्लाका सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयमा शिक्षण सिकाइ सुधारका लागि आ–आफ्ना विद्यालयले गरेका असल अभ्यासहरु, शिक्षण सिकाइका समस्याहरु तथा समस्या समाधानका उपायहरुका विषयमा प्रधानाध्यापकहरुबिच अन्तरक्रिया तथा छलफल गरिएको थियो । अन्तरक्रियामा प्रधानाध्यापकहरुले आ–आफ्ना विद्यालयले गरेका असल अभ्यासहरु, शिक्षण सिकाइमा देखिएका समस्याहरु तथा समस्या समाधानका उपायहरुका बारेमा आ–आफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रममा पाँचथर जिल्लाका नमुना माध्यमिक विद्यालयहरु फिदिम मावि फिदिम, सिद्धदेवी मावि नवमीडाँडा, थर्पु मावि थर्पु लगायत जिल्लाका विभिन्न माध्यमिक विद्यालयहरुका असल अभ्यासहरुलाई अन्य विद्यालयहरुले पनि अनुशरण गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष वीरेन्द्र कुमार खड्का, नेपाल शिक्षक महासंघ पाँचथरका अध्यक्ष नरेन्द्र कुमार सम्बाहाम्फे लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचथरका अध्यक्ष खगेन्द्र सुवेदी, नेपाल शिक्षक संघ पाँचथरका अध्यक्ष होम प्रसाद खनाल, एकिकृत अखिल नेपाल शिक्षक संगठन पँचथरका अध्यक्ष छबिलाल नेउपाने, शिक्षक संघका पूर्व केन्द्रिय सदस्य खड्ग बहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश लेखा समिति अध्यक्ष बालकृष्ण लुइँटेल, फिदिम नगरपालिकाका शिक्षा अधिकृत निर्मला दाहाल लगायतको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।
जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सञ्चालन भएको कार्यक्रम जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेको प्रमुख आतिथ्यता र शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख देवी प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win