0 प्रतिक्रिया
फोहोर व्यवस्थापनमा उदासीनता, सडकमै फालियो फोहोर
AI सारांश
Fast AI१. यासोक बजारको फोहोर व्यवस्थापन नहुँदा व्यवसायी तथा बजारवासी मारमा परेका छन्।
२. यासोक बजारको फोहोर व्यवस्थापन नहुँदा बजारको फोहोर जथाभावी फाल्न थालिएको छ।
३. गाउँपालिकाले चालु आर्थिक वर्षमा फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने जनाएको छ ।
रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारको फोहोर नउठ्दा व्यवसायी तथा बजारवासी मारमा परेका छन । सडक किनार र पसल अगाडी थुप्रिएका फोहोरका कारण व्यापारी र उपभोक्ता दुवै प्रभावित भएका छन् । लामो समयदेखि फोहोर नउठ्दा सडक पेटी बजार आसपास फोहोर थुप्रिएको छ । व्यवसायीले कतिपय फोहोर बोरामा लामो समयदेखि राख्दै आएका छन । फोहोर व्यवस्थापन नहुदा राखेको स्थानमै फोहोर कुहिन थालेपछि बजारमा दुर्गन्ध फैलिने जोखिम बढेको छ।
यासोक बजारको फोहोर व्यवस्थापन नहुँदा बजारको फोहोर जथाभावी फाल्न थालिएको छ । बजारको फोहोर कुम्मायक–१ को साविक–३ को सभाहलको भवन अगाडीको सडकमा फालिएको भन्दै दोसीलाई कारवाही गर्न स्थानीयले माग गरेका छन ।
बजारको फोहोर व्यवस्थापन नहुँदा ट्याक्टरले सडकमा फाहोर फालेर गएको छ । यसले गर्दा गाउँमा दुर्गन्ध फैलिएको टोल संयोजक सुरेन्द्र तामाङले बताए । गाउँपालिकाले ट्याक्टर संचालनमा रोक लगाए पनि नियमित यासोक–साँवा सेरा सडकमा आवतजावत गर्दै आएका छन । सोही ट्याक्टरले भवन अगाडीको सडकमा फोहोर फालेर गएको छ । यो विषयमा गाउँपालिकाले दोसीलाई कारवाही गर्नुपर्छ तामाङले भने ।
फोहोर फालिएको विषयमा सोही टोलका स्थानीयले सामुहिक रुपमा वडा र गाउँपालिकामा जानकारी गराउँने भएका छन । स्थानीयको उपस्थितिमा हस्ताक्षर संकलन गरी वडा र गाउँपालिकालाई ध्यानाकर्षण गराउँने स्थानीयले बताएका छन
लामो समयदेखि फोहोर व्यवस्थापन गर्न नसकेको गाउँपालिकाले बिभिन्न प्रयास गर्दै आएको छ । फोहोर व्यवस्थापनको लागि पहल गर्दै आएपनि सफल हुन नसकेको गाउँपालिकाले चालु आर्थिक वर्षमा भने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









