0 प्रतिक्रिया
फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड : सिद्धदेवी मावि नवमीडाँडा लगातार तेस्रो वर्ष विजेता
AI सारांश
Fast AI१. सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले फाल्गुनन्द गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।
२. घुर्विसे पञ्चमी माध्यमिक विद्यालयले १२ स्वर्णपदक, ७ रजत पदक र ५ कांस्यपदकका साथ दोस्रो स्थान प्राप्त गरेको छ।
३. जनकल्याण माध्यमिक विद्यालय फाक्तेपले ७ स्वर्णपदक, ५ रजत पदक र ८ कांस्य पदक जितेर प्रतियोगितामा तृतिय स्थान हासिल गरेको छ।
दिपक दुलाल, मंसिर २९
फाल्गुनन्द गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगितामा सबैभन्दा बढी ४० स्वर्णपदक, ११ रजत पदक र ५ कांस्यपदक प्राप्त गरेर सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले प्रथम स्थान हासिल गर्न सफल भएको हो । सिद्धदेवी मावि नवमीडाँडाले यो वर्षको जितसँगै लगातार ३ वर्षको प्रतियोगिता जितेर रनिङ शिल्ड स्थायी रुपमै आफ्नो स्वामित्वमा पार्न सफल भएको छ। कराँते, तेक्वान्दो र उसु विद्याका खेलमा अन्य विद्यालयको कम सहभागिता रहेकोले सिद्धदेवी मावि नवमीडाँडाले सहज रुपमा ३५ वटा स्वर्ण पदक जित्दै अग्रता कायम गरेको थियो।
फाल्गुनन्द गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा १२ स्वर्णपदक, ७ रजत पदक र ५ कांस्यपदकका साथ घुर्विसे पञ्चमी माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ । यसवर्षको खेल आयोजक जनकल्याण माध्यमिक विद्यालय फाक्तेपले ७ स्वर्णपदक, ५ रजत पदक र ८ कांस्य पदक जितेर प्रतियोगितामा तृतिय स्थान हासिल गरेको छ।
यसैगरी जलसिंह माध्यमिक विद्यालय चिम्फुलाले ३ स्वर्णपदक ४ रजत पदक ५ कांस्यपदक, सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङले २ स्वर्णपदक, २ रजत पदक र १ कांस्यपदक प्राप्त गरेको छ । जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेले १ स्वर्णपदक २ रजत पदक र ३ कांस्यपदक, सिद्धेश्वरी माध्यमिक विद्यालय चिलिङ्देनले १ स्वर्णपदक, १ रजत र १ कांस्यपदक, सारताप मनोरत्न माध्यमिक विद्यालय सारतापले २ रजत पदक र १ कांस्यपदक जित्न सफल भएका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिं नेम्वाङ, विशेष अतिथि गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायतले कप, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
यहि मंसिर २७, २८ र २९ गते फाल्गुनन्द गाउँपालिका वडा नं.५ स्थित जनकल्याण माध्यमिक विद्यालय फाक्तेप, कोल्बुङको खेलमैदानमा सञ्चालन भएको यसवर्षको फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिं नेम्वाङले उद्धघाटन गर्नुभएको थियो। कार्यक्रम जनकल्याण माध्यमिक विद्यालय फाक्तेप, कोल्बुङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, समाजसेवी, बुद्धिजिवी, संघसंस्थाका प्रतिनिधीहरु, अभिभावकहरु तथा फाल्गुनन्द गाउँपालिकाभरिका विद्यालयका शिक्षकहरु साथै विद्यार्थीहरुको उपस्थिती रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











