+
+

पाँचथरमा १ लाख ४३ हजार ४ सय ८ मतदाता

88 पटक हेरिएको
Clock २०८२ पुष २४, बिहीबार ०९:१४
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका छन्।
२. पाँचथर जिल्लामा पुरुष मतदाताको संख्या ७६ हजार ७८ र महिला मतदाताको संख्या ६७ हजार ३ सय ३० जना रहेको छ।
३. पाँचथर जिल्लामा साविककै संख्यामा मतदान स्थल १ सय २ ओटा रहेको छ, जसमध्ये २ ओटा थप गरिएको छ।

पाँचथर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरमा १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका छन् । प्रतिनिधि सभाको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा पुरुष मतदाताको संख्या ७६ हजार ७८ र महिला मतदाताको संख्या ६७ हजार ३ सय ३० जना रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका कम्युटर अपरेटर तथा सूचना अधिकारी अशोक घिसिङले जानकारी दिनुभयो ।

एक ओटा नगरपालिका र सात ओटा गाउँपालिका गरि जम्मा आठँ ओटा स्थानिय तह रहेको जिल्लामा उक्त संख्यामा आगामी फागुन २० गतेसम्म १८ वर्ष पुरा भएको मतदाताको संख्या रहेको घिसिङले जानकारी दिनुभयो ।

पाँचथरका आठ ओटा पालिकामध्ये सबैभन्दा धेरै फिदिम नगरपालिमा ३५ हजार ९ सय ९५ जना मतदाता रहेको छन् भने सबैभन्दा कम तुम्बेवा गाउँपालिकामा जम्मा ९ हजार २ सय ४९ जना मात्र मतदाता संख्या रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार जिल्लामा साविककै संख्यामा मतदान स्थल १ सय २ ओटा रहेको छ । साविकमा १ सय ७७ मतदान केन्द्र रहेकोमो २ ओटा थप गरिएको जनाइएको छ । फिदिम नगरपालिका वडा नं २ मा रहेको एउटै मतदान केन्द्रलाई छुट्याएर दुई ओटा बनाइएको छ भने फालेलुङ गाउँपालिका वडा नं ५, कालिका मा.वि प्राङबुङमा एउटा थप गरिएको निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win