+
+

माङ्सेबुङमा अब ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

37 पटक हेरिएको
Clock २०८३ जेष्ठ ७, बिहीबार २१:२४
-- Sponsored --

AI सारांश

Fast AI

१. माङ्सेबुङ गाउँपालिकाले जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ।
२. माङ्सेबुङ गाउँपालिकामा बहुसङ्ख्यक नागरिकले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने) भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
३. लिम्बू भाषा सरकारी कामकाजका रुपमा कार्यान्वयन गर्न सहजीकरणका लागि पाँचौँ तहको भाषिक सहजकर्ता करारमा नियुक्त भइसकेका छन्।

रामकुमार लिम्बू/रासस

फिक्कल (इलाम), ७ जेठ : यहाँको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ।

माङ्सेबुङ गाउँपालिकाले आज एक पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। गाउँपालिका अध्यक्ष हेमन्त राईले गत वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार लिम्बू भाषा कार्यान्वयन गर्न लागिएको बताउनुभयो। उक्त दिन एक विशेष समारोहबीच लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताउनुभयो।

माङ्सेबुङ गाउँपालिकामा बहुसङ्ख्यक नागरिकले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने) भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। माङ्सेबुङ गाउँपालिकाले नेपालको संविधानले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै लिम्बू भाषालाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्न लागेको हो।

“यहाँको बहुसङ्ख्यक लिम्बू जातिले बोल्ने भाषालाई हामीले जेठ १२ गतेदेखि माङ्सेबुङमा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने तयारी गरेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “नेपालको संविधानले आत्मसात गरेको बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्रको भावना, जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको मर्मअनुसार जातीय बाहुल्यताका आधारमा यो निर्णय गरेका हौँ ।”

लिम्बू भाषा सरकारी कामकाजका रुपमा कार्यान्वयन गर्न सहजीकरणका लागि पाँचौँ तहको भाषिक सहजकर्ता करारमा नियुक्त भइसकेका छन्। माङ्सेबुङ गाउँपालिकाको ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका, २०७५’ र ‘माङ्सेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७४’ बमोजिम भाषिक सहजकर्ता नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बताउनुभयो।

माङ्सेबुङ गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) मा नै समावेश गरी भाषिक सहजकर्ता नियुक्त गरिएको उहाँले बताउनुभयो। “भाषिक सहजकर्ताको दरबन्दी ओएनएममा समावेश गरी स्वीकृत गरेर नियुक्त गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत राईले भन्नुभयो । भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ।

लिम्बू जातिको बाहुल्यता रहेको माङ्सेबुङमा बाहुल्य समुदायको सम्मानका लागि नेपालमै पहिलो पटक ‘लिम्बू भाषा’ कामकाजी बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो।

विसं २०७८को जनगणनाअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव ६ प्रतिशत राई जातिको बसोबास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

  • vorbelutr ioperbir June 1, 2026

    But wanna comment on few general things, The website design and style is perfect, the articles is rattling good : D.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win