+
+

लामखुट्टेबाट बनाइरहेको छ युक्रेनले खतरनाक जैबिक हतियार

124 पटक हेरिएको
Clock २०८१ पुष ३, बुधबार ११:०६
-- Sponsored --

AI सारांश

Fast AI

१. युक्रेनले रुसको रासायनिक विकिरण तथा जैविक सेना प्रमुख इगोर किरिलोभको हत्या गरेको दाबी गरेपछि रुस–युक्रेन युद्धले घातक मोडमा पुगेको छ।
२. किरिलोभले युक्रेनले लामखुट्टेबाट जैविक हतियार बनाउँदै आएको दाबी गर्थे र उनका अनुसार रूसले मच्छरवाट बनाएको जैबिक हतियारले भयंकर विनाश निम्त्याउने दाबी गरिरहेका थिए।
३. युक्रेनको गुप्तचर एजेन्सीले किरिलोभलाई इलोक्ट्रिकल स्कुटरमा राखिएको ३ सय किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरेर विस्फोट गराएको जनाइएको छ।

किभ, ३ पुस । युक्रेनले रुसको रासायनिक विकिरण तथा जैविक सेना प्रमुख इगोर किरिलोभको हत्या गरेको दाबी गरे पछि रुस–युक्रेन युद्धले मङ्गलबार घातक मोडमा पुगेको छ।

परमाणु र जैविक हतियारका बिज्ञ किरिलोभ एउटा भवनमा प्रवेश गरिरहँदा इलोक्ट्रिकल स्कुटरवाट आक्रमण परी मृत्युबरण गर्नु परेको छ । यसले धेरै कुरा बाहिर ल्याएको छ । तर, युक्रेनको गुप्तचर एजेन्सीले स्कुटरमा राखिएको ३ सय किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरेर उनीहरुलाई विस्फोट गराएको जनाइएको छ ।

किरिलोभ, तीनै रूसी जनरल थिए, जसले युक्रेनले लामखुट्टेबाट जैविक हतियार बनाउँदै आएको बताउँथे । उनका अनुसार रूसले मच्छरवाट बनाएको जैबिक हतियारले भयंकर विनाश निम्त्याउने दाबी गरिरहेका हुन्थे । युक्रेनको यो सफलतावाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि निकै आत्तिएको मिडियाहरूले उल्लेख गरिरहेका हुन्थे । जसका कारण पनि रूस युक्रेनलाई कुनै पनि हिसाबले त्यस्ता हतियारहरू प्रयोग गर्न दिनु हुदैँन भन्नेमा थिए, सकेसम्म त्यो हतियार रूसको नियन्त्रणमा हुनु पर्छ भन्ने किरिलोभको धारणा रहदैँ आएको थियो ।
 त्यसोभए त्यो हतियार के थियो, जुन किरिलोभले कुनै पनि मूल्यमा युक्रेनबाट खोस्न चाहन्थे भन्ने अहिले खुल्दै आएको छ ।  मार्च २०२२ मा किरिलोभले अमेरिकाले युक्रेनमा जैविक हतियार बनाउन प्रयोगशाला विकास गरिरहेको दाबी गरेका थिए। त्यसमध्येका केही जैविक हतियारका प्रयोगशालाहरू रूसी सेनाले कब्जा गरेको थियो । त्यसपछि निकै हंगामा भयो । यसपछि किरिलोभले युक्रेनले ‘डर्टी बम’ बनाउन खोजेको भन्दै तिब्र आलोचना गरे । युक्रेनको सो हतियार खोस्नु पर्ने नभए पनि नष्ट गर्नु पर्ने भन्दै पुटिनले दुई टोलीलाई यो जिम्मेवारी दिएका थिए । तर, युक्रेनी राष्ट्रपति  जेलेन्स्कीले उक्त दाबीलाई अस्वीकार गर्दै रुसले नै यस्तो काम गरिरहेको उल्टै आरोप लगाए । उनको दाबी थियो, पुटिन आफैंले यस्तो हतियार बनाएको छन । 

तर गत गर्मीको केही दिन पछि किरिलोभ प्रमाणको साथ अगाडि युक्रेनले बनाइरहेको जैबिक हतियारसहित अगाडी आए। यो प्रयोगशाला युक्रेनको अवडिभका सहर नजिकै निर्माण गरिएको थियो, उनका अनुसार जहाँ रासायनिक हतियार बनाउने काम गरिन्छ । अहिले यो प्रयोगशाला रुसको नियन्त्रणमा छ । यसमा केमिकल वार एजेन्ट बीजेडसँगै हाइड्रोसायनिक एसिड र साइनोजेन क्लोराइड प्रयोग भइरहेको थियो । आज मारिएका जनरल नै  युक्रेनले लामखुट्टेबाट जैविक हतियार बनाउँदै आएको दाबी गरे। मलेरिया संक्रमित लामखुट्टेले रूसी सैनिकहरूलाई लक्षित गर्ने योजनाको खुलासा पनि गरिदिए ।

लामखुट्टेले कसरी विनाश गर्छ

किरिलोभले मलेरिया संक्रमित लामखुट्टेलाई खतरनाक औषधि दिइने दाबी गरेका थिए, जसले मानिसको शरीरमा टाँसिने बित्तिकै बिरामी बनाउँछ र बिस्तारै उसको मृत्यु हुन्छ। रुसी जासुस सर्गेई स्क्रिपललाई पनि यस्तै निशाना बनाइएको थियो । यसैबाट लामखुट्टेलाई विष खुवाएर युद्द मैदानमा छाडिएको थियो । 

विज्ञहरुका अनुसार यदि युक्रेनले यो हतियार प्रयोग गरेको भए रुसलाई ठूलो नोक्सान हुने थियो । धेरै विनाश हुन्थ्यो। तर, अहिलेसम्म यसको पूर्ण प्रमाण भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win