0 प्रतिक्रिया
कुम्मायकमा पहिचावादी मोर्चा गठन, पहिचानका मुद्धालाई ससक्त बनाउन जोड
AI सारांश
Fast AI१. पाँचथरको कुम्मायक गाउँपालिकामा तारानाथ सम्बाहम्फे संयोजक रहेको २१ सदस्य पहिचनाबादी मोर्चा गठन भएको छ।
२. पहिचानबादी मोर्चाका सस्थापक केन्द्रिय संयोजक डा. महेन्द्र सुन्दर लावतीले बहुसाँस्कृतिक पहिचानबादी राज्य स्थापना गरी ठुलो दलहरूलाइ तह लाउनुपर्ने बताए।
३. सङ्घिय मोर्चाका केन्द्रिय सदस्य केदार धिमालले नेपालको अर्थतन्त्र, राजनीतिक तथा शैक्षिक अवस्था मुलुकमा धरासायि बन्दै गएको र एकल नश्लियवाद बहुसाँस्कृतिक बहुजातिय इतिहास बोकेको राज्यले रैथाने आम नागरिकका हकहितलाइ सम्बोधन गर्न नसकेको बताए।
रमेश थापा
यासोक: पाँचथरको कुम्मायक गाउँपालिकामा तारानाथ सम्बाहम्फे संयोजक रहेको २१ सदस्य पहिचनाबादी मोर्चा गठन भएको छ। शुक्रवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको पहिचानबादी मोर्चाको भेलाले संयोजकमा तारानाथ सम्बाहाम्फे, सह संयोजक इन्द्रकला लावती र अमरकुमार लावती गरी २१ सदस्य गाउँपालिका स्तरीय समिति गठन गरिएको छ। भने महिला तर्फ संयोजक: सुनिता लावती सहसंयोजक सरस्वती नेम्बाङ गरी ११ सदस्यीय समिति पनि गठन गरिएको छ।
पहिचानबादी मोर्चाका सस्थापक केन्द्रिय संयोजक डा, महेन्द्र सुन्दर लावती सह संयोजक ज्ञान बहादुर गुरुङ र केन्द्रिय कार्यालय बिभाग सदस्य खगेन्द्र माखिमको प्रमुख उपस्थितिमा पहिचानबादी मोर्चा गठन गरेको हो।

कार्यक्रममा पहिचानबादी मोर्चाका सस्थापक केन्द्रिय संयोजक डा. महेन्द्र सुन्दर लावतीले बहुसाँस्कृतिक पहिचानबादी राज्य स्थापना गरी ठुलो दलहरूलाइ तह लाउनुपर्ने बताए। उनले आदिवासी जनजाति मुलका पहिचानबादी दलहरु दलित शिल्पि जातिहरुसङ्ग बुद्धिजीवी विभिन्न सरोकारवाला संघ संगठनहरु पहिचानबादी मोर्चाबन्दि आन्दोलनमा सहभागी हुने क्रम बढ्दै गएको भन्दै देशका ठुला दल एमाले, काङ्ग्रेस र माओवादी पार्टीहरुबाट जनमुखी विकासको आस गर्नु दिवा सपना मात्र भएको बताए
नेपालको अर्थतन्त्र, राजनीतिक तथा शैक्षिक अवस्था मुलुकमा धरासायि बन्दै गएको र एकल नश्लियवाद बहुसाँस्कृतिक बहुजातिय इतिहास बोकेको राज्यले रैथाने आम नागरिकका हकहितलाइ सम्बोधन गर्न नसकेको सङ्घिय मोर्चाका केन्द्रिय सदस्य केदार धिमालले बताए।
केन्द्रिय कार्यालय बिभाग सदस्य खगेन्द्र माखिम भने् कहिले लिम्बुवान कहिले जसपा कहिले जनमुक्ति पार्टीको कुरा गर्यौ। तर मुद्दा भने एउटै पहिचानवादको थियो, हामि त्यहीँ कुरामा अलमलिएको कारण भ्रष्टहरुले फाइदा लुट्दै आफुहरुलाई उपेक्षा गरेको बताए । हामीले पहिचानको मुद्धालाई मुलुकमा सशक्त रूपमा स्थापित गर्नुमा आम समुदायहरु एकजुट हुनुको विकल्प नभएको माखिमको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









