+
+

फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि मछिन्द्रको गोल वर्षा

234 पटक हेरिएको
Clock २०८१ पुष ९, मंगलवार १७:४१
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

* मछिन्द्र फुटवल क्लब, काठमाडौं फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ, जहाँ उन्हúने न्यू स्टार क्लब सुनसरीलाई ६-२ गोलअन्तरले पराजीत गरे।
* प्रतियोगिताका विजेताले रु. १० लाख तथा उपविजेताले रु. पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने, तथा सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने।
* प्रतियोगिताअन्तर्गत भोलि तेश्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं र बिराटनगर सीटी फुटवल क्लब मोरङवीच प्रतिस्पर्धा हुने, र यही पुस १५ गते सम्पन्न हुने प्रतियोगितामा विभिन्न विधागत पुरस्कार पनि दिइने छ।

रवीन्द्र काफ्ले
पाँचथर, ०९ पुसः
न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटवल क्लब, काठमाडौं फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
आज फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा न्यू स्टारलाई ६–२ गोलअन्तरले पराजीत गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो । कमजोर प्रदर्शन गरेको न्यू स्टार प्रतियोगिताबाट बाहिरिएको छ । मछिन्द्रका लागि बिजु भुजेलले खेलको पाचौं र १५ औं मिनेटमा गोल गरेका थिए । यस्तै आदित्य शाक्यले ४३ औं, मनिष डाँगीले ५६ औं, सञ्जय श्रेष्ठले ६२औं र सौरभ सुब्बाले ८५ औं मिनेटमा गोल गरे। न्यू स्टारका लागि सुशील राईले १३औं र सन्दीप श्रेष्ठले ६७औं मिनेटमा गोल गरेका थिए।
प्रतियोगिताअन्तर्गत भोलि तेश्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं र बिराटनगर सीटी फुटवल क्लब मोरङवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो । यसअघि क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई पराजीत गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लव सेमीफाइनलमा पुगिसकेको छ। यही पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले रु. १० लाख तथा उपविजेताले रु. पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।
यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने छन। विधागत रुपमा उत्कृष्ट खेलाडीहरु, प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले समेत पुरस्कार प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win