0 प्रतिक्रिया
चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउँन थाल्यो ‘डिप सि स्टेशन’
AI सारांश
Fast AIचीनले समुद्रको गहिराइमा 'डिप सी स्टेशन' निर्माण गरिरहेको छ, जसको उद्देश्य समुद्रको गहिराइमा अनुसन्धान गर्ने र समुद्रमा रहेको प्राकृतिक स्रोतको खोजी गर्ने हो।
चीनको यो स्टेशनले सन् २०३० सम्म काम गर्न थाल्नेछ, जसमा ६ जना वैज्ञानिकले एक महिनासम्म सँगै काम गर्न सक्नेछन्।
हाइड्रोथर्मल भेन्टहरू समुद्रको भुइँमा अवस्थित दरारहरूबाट निस्कने तातो पानीको स्रोत हुन्, जुन समुद्री हलचलका कारण बन्छन्, र यी भेन्टहरू गहिरो समुद्रमा ज्वालामुखी गतिविधिको नजिक पाइन्छन्।
बेइजिङ, ६ फागुन। चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ।
अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुदैँछ । वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ। वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो।
तर, यसको मूल्य थाहा पाएर तपाई पनि छक्क पर्नुहुनेछ। हो, आज हामी तपाईलाई यस ‘डिप सि स्टेशन’ को बारेमा हरेक कुरा बताउने प्रयास गर्नेछौं।
चीनको ‘डिप सी स्पेस स्टेसन’ समुन्द्र सतहबाट २ हजार मिटर तल हुनेछ। यसमा ६ जना वैज्ञानिकले एक महिनासम्म सँगै काम गर्न सक्नेछन् । यो सागर मुनीको स्टेशनले सन् २०३० सम्म काम गर्न थाल्नेछ । यसको डिजाइन सानो पनडुब्बी जस्तै हुनेछ, जसको तौल २५० टन, लम्बाइ २२ मिटर, चौडाइ ७ मिटर र उचाई ८ मिटर हुनेछ । जसलाई ‘टियाङगोङ’ अर्थात् ‘प्यालेस अफ हेभेन’ नाम दिइएको छ।
चीनका अनुसार यसको उद्देश्य समुद्रको गहिराइमा अनुसन्धान गर्ने र समुद्रमा रहेको प्राकृतिक स्रोतको खोजी गर्ने हो। वैज्ञानिकका अनुसार चीनले गहिरो समुन्द्रमा रहेको तातो र चिसो पानीमा अनुसन्धान गर्ने छ किनभने यो ठाउँमा मिथेनले प्रचुर मात्रामा ‘हाइड्रोथर्मल भेन्ट’ हरू रहेका छन्। यी भेन्टहरूमा मिथेन हाइड्रेट्स अर्थात् ज्वलनशील बरफको ठूलो भण्डार रहेको छ, जुन ऊर्जाको ठूलो स्रोत हुन सक्छ।
दोस्रो यहाँबाट भूकम्पजस्ता गतिविधिको अनुसन्धान गर्न सकिन्छ। यति मात्र होइन, यदि कुनै देशले भूमिगत रूपमा कुनै युद्द गर्न खोज्छ वा कसैले परमाणु परीक्षण गर्न खोज्छ भने पहिले पत्ता लगाइने छ। सुनामीबारे जानकारी पनि घण्टा पहिले उपलब्ध हुने विश्वास चीनका बैज्ञानिकहरूले गरेका छन ।
हाइड्रोथर्मल भेन्टहरू समुद्रको भुइँमा अवस्थित दरारहरूबाट निस्कने तातो पानीको स्रोत हुन्, जुन समुद्री हलचलका कारण बन्छन्। यी भेन्टहरू गहिरो समुद्रमा ज्वालामुखी गतिविधिको नजिक पाइन्छ र तातो पानीले पृथ्वीको सतहभन्दा धेरै किलोमिटर तल म्याग्मासँग सम्पर्कमा आउँछ र यसलाई फेरि समुद्रमा छोड्छ।
जब चिसो पानी समुद्रको भुइँमा अवस्थित यी दरारहरूमा प्रवेश गर्छ, यो पृथ्वीको भित्री भागमा रहेको म्याग्मासँग सम्पर्कमा आउँछ र ४०० डिग्री सेल्सियससम्म तातो हुन्छ। त्यो बेला पानीले भरपूर खनिज बाहिर निकाल्छ । जब यो तातो पानी समुद्रको भुइँमा फर्किन्छ, यसमा धेरै प्रकारका घुलनशील खनिज र ग्याँसहरू हुन्छन्, जसले ‘हाइड्रोथर्मल भेन्ट’ हरू बनाउँछ।
खासमा हाइड्रोथर्मल भेन्टहरू दुइ प्रकारका हुन्छन । ‘ब्लाक स्मोकर’, यो गहिरो समुद्रमा मात्रै इन्छ। यसबाट निस्कने पानी धेरै तातो हुन्छ, लगभग ३५० देखी ४०० डिग्री सेल्सियससम्म। यसमा सल्फाइड खनिज बढी हुन्छ, जसका कारण यो कालो धुवाँ जस्तो देखिन्छ।
व्हाइट स्मोकरः यो थोरै कम तातो १००–३०० डिग्री सेल्सियस मात्र हुन्छ। यसबाट निस्कने पदार्थमा क्याल्सियम र बेरियम बढी हुन्छ, जसका कारण यो सेतो रंगको देखिन्छ।
हाइड्रोथर्मल भेन्टहरूले अद्वितीय जीवहरूलाई समुद्रको अँध्यारो र उच्च दबाव वातावरणमा बस्न अनुमति दिन्छ। यहाँका जीवहरूले सूर्यको किरण बिना नै रासायनिक ऊर्जाबाट खाना बनाउँछन्।
सुन, चाँदी, तामा र जस्ताहरू जस्ता बहुमूल्य धातुहरू यी प्वालहरूबाट निस्कने पदार्थहरूमा पाइन्छ। बृहस्पतिको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसमा जीवनको सम्भावना रहेको ठाउँमा उस्तै भेन्टहरु हुनसक्ने बैज्ञानिकहरुको विश्वास रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











