0 प्रतिक्रिया
फाल्गुनन्द गोल्डकप: आज सेमिफाइनलमा फिदिम स्पोर्टिङ र चर्च ब्वोइज युनाइटेड भिड्ने
AI सारांश
Fast AI१. फिदिम स्पोर्टिङ क्लब र चर्च व्वोइज यूनाइटेड क्लब फाल्गुनन्द गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा भिड्दै छन्।
२. फिदिम स्पोर्टिङ क्लबले क्वाटरफाइनलमा त्रिभूवन आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
३. फाल्गुनन्द गोल्डकपको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैया पाउने छ।
इवारा जवेगु लिम्बु
पाँचथर। पाँचथरको फिदिममा जारि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र चर्च व्वोइज यूनाइटेड क्लब भिड्दै छ।
आयोजक फिदिम स्पोर्टिङले पाहुना टोलि करसाङ र क्वाटरफाइनलमा त्रिभूवन आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। त्यस्तै चर्च व्योइजले क्वाटरफाइनलमा विराटनगर सिटिलाई हराउदै सेमिफाइनलको यात्रा बनाएको हो। फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ बजेदेखी शुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए।
पुस ६ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ। प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले एक थान विद्युतिय स्कुटर तथा विद्यागत उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन्।
गोल्डकपको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैया पाउने छ। उपविजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने छ। प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लबहरुसहित दश टिमको सहभागिता रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









