+
+

फाल्गुनन्द गोल्डकप : आयोजकलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

156 पटक हेरिएको
Clock २०८१ पुष १२, शुक्रबार १८:१६
-- Sponsored --

AI सारांश

Fast AI

१. चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरले पराजीत गर्दै एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
२. खेलको उत्कृष्ट खेलाडी बनेर फोफोना अबियमीले रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो।
३. प्रतियोगिताको विजेता टोलीले रु. १० लाख र उपविजेता टोलीले रु. पाँच लाख पुरस्कार प्राप्त गर्ने छन ।

रवीन्द्र काफ्ले

पाँचथर, १२ पुसः

चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरले पराजीत गर्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो। खेलको ४३औं मिनेटमा दिनेश शेर्माको गोलबाट आयोजक टोलीले सुरुआती अग्रता लिएको थियो । तर पहिलो हाफको अतिरिक्त समयमा चर्च ब्वाइज बराबरीमा फर्कियो । उसका लागि समीर तामाङले गोल गर्नुभएको थियो।

खेलको ६२औं मिनेटमा विदेशी खेलाडी अर्मान बेडमले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो । यस्तै ८४औं मिनेटमा अर्का विदेशी खेलाडी फोफोना अबियमीले गोल गर्दै चर्च ब्वाइजको अग्रता फराकिलो पार्नुभएको थियो। खेलको उत्कृष्ट खेलाडी बनेर अबियमीले रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो।

चर्च ब्वाइजसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको फिदिमका प्रशिक्षक उपेन्द्र श्रेष्ठले आफ्नो टिमका खेलाडीहरुले राम्रो प्रदर्शन गरेकामा खुशी ब्यक्त गर्नुभयो । राष्ट्रिय टिमबाट खेल खेलेका र तालिम पाएका खेलाडीका अगाडि त्यस्तै अवसर नपाएका आफ्ना खेलाडीहरुले प्रतिस्पर्धी प्रदर्शन गर्नु ठूलो कुरा भएको श्रेष्ठको भनाइ छ।

यता चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिमले खेलमा विजय हाँसिल गरेपनि आयोजक टिमका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको वताउनुभयो । “खेलमैदान र दर्शक आयोजकका पक्षमा थिए । त्यसलाई चिरेर जीत हाँसिल गर्न हामी लागिपर्यौ”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो, “यसमा पनि आयोजक टिमका खेलाडीहरुको प्रदर्शन अत्यन्तै राम्रो रह्यो।” आयोजकको टिमलाई बलियो मानेर खेलेका कारण मात्रै जीत सम्भव भएको उहाँको भनाइ छ।

प्रतियोगिताअन्तर्गत भोलि न्यूरोड टिम (एनआरटी) र मछिन्द्र फुटवल क्लबवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टोलीले रु. १० लाख र उपविजेता टोलीले रु. पाँच लाख पुरस्कार प्राप्त गर्ने छन । फाइनल खेल यही पुस १५ गते फिदिम माविको खेलमैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win