+
+

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारबाट, ३ सय खेलाडी सहभागी हुने

23 पटक हेरिएको
Clock २०८१ पुष १९, शुक्रबार ११:१४
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

१. **बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण**: शुक्रबारदेखि सुरू हुने लिगमा पुरुष/ महिलातर्फ समान पाँच गरि १० तौलसमूहमा प्रतिस्पर्धा हुने जानकारी आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले दिए।

२. **प्रतियोगितामा खेलाडीहरुको सहभागिता**: करिब ३०० खेलाडीको सहभागिता रहने एसकेबसिी तेक्वान्दо डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए।

३. **प्रतियोगिताका पदक विजेतालाई सुविधा**: शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात अंक र तीन अंक प्रदान गरिने छ, साथै प्रत्योक तौल समूहका पदक विजेतालाई अर्को लिगमा खाना, बसोवास र यातायातको सुविधा प्रदान गरिनेछ।

काठमाडौं, १९ पुस ।  बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुदैँछ।

लिगमा पुरुष/ महिलातर्फ समान पाँच गरि १० तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए।

पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजीमा भिडन्त हुनेछ।

प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने एसकेबसिी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।

काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात अंक र तीन अंक प्रदान गरिने छ।

प्रत्योक तौल समूहका पदक विजेतालाई अर्को लिगमा खाना, बसोवास र यातायातको सुविधा प्रदान गरिनेछ भने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा-५ को कार्यालयमा हुनेछन्।

३/३ महिनाको अवधिमा सञ्चालन गर्ने गरि सुरुआत गरिएको लिगको तेश्रो संस्करण फागुन र चौथो संस्करण आगामी जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win