0 प्रतिक्रिया
प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत
AI सारांश
Fast AIनेपाली समाचारको ३ बुँदा सारांश यस प्रकार छ:
१. प्रेस चौतारी नेपाल सोलुखुम्बु जिल्ला शाखाको अध्यक्षमा गार्डेन राई सर्वसम्मत चयन हुनुभएको छ।
२. नवनिर्वाचित कार्यसमितिले पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रता प्रवर्द्धन र सोलुखुम्बु जिल्लामा पत्रकारिताको स्तर उकास्न थप कार्ययोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छै।
३. उद्घाटन कार्यक्रममा विभिन्न पत्रकार संघका प्रतिनिधि, पार्टीका नेताहरू र पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो, र वक्ताहरूले पत्रकारिताको माध्यमबाट सोलुखुम्बुको विकास र सामाजिक जागरणमा महत्वपूर्ण योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन्।
सोलुखुम्बु, माघ १०। प्रेस चौतारी नेपाल सोलुखुम्बु जिल्ला शाखाको अध्यक्षमा गार्डेन राई सर्वसम्मत चयन हुनुभएको छ।
सल्लेरीमा आज बिहीबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा प्रवीण राई, सचिवमा पुष्प श्रेष्ठ, सहसचिवहरूमा भविराज खालिङ र जुनिसा राई, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ।
सदस्यहरूमा शर्मिला पुरी, पवित्रा राई, राजीव शर्मा, यमुना मगर र सुवास बम्जन तामाङ चयन रहनुभएको छ।
केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरूको रूपमा डिल्ली शर्मा र पशी शेर्पा चयन हुनुभएको छ।
पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रता प्रवर्द्धन र सोलुखुम्बु जिल्लामा पत्रकारिताको स्तर उकास्न थप कार्ययोजना अघि बढाउने नवनिर्वाचित कार्यसमितिले प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा प्रेस चौतारी नेपाल सोलुखुम्बुका निवर्तमान अध्यक्ष डिल्ली शर्मा, प्रेस युनियनका केन्द्रीय सदस्य भानुभक्त निरौला, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य नुतन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, पत्रकार महासंघ ओखलढुंगा शाखा अध्यक्ष पूर्ण प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा विभिन्न पत्रकार संघका प्रतिनिधि, पार्टीका नेताहरू र पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले पत्रकारिताको माध्यमबाट सोलुखुम्बुको विकास र सामाजिक जागरणमा महत्वपूर्ण योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन्।
नवनिर्वाचित अध्यक्ष गार्डेन राईले जिल्लामा प्रेस चौतारी नेपाललाई थप सशक्त बनाउँदै पत्रकारहरूको हकहित र पेशागत विकासमा अग्रसर हुने प्रतिबद्धता जनाउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









