+
+

पाँचथर गोल्डकप फागुन २४ गतेदेखी

254 पटक हेरिएको
Clock २०८१ माघ १३, आईतवार १९:१४
-- Sponsored --

AI सारांश

Fast AI

१. अन्तराष्ट्रिय आमन्त्रण ५ औँ पाँचथर गोल्डकप २०८१ यहि फागुन २४ गतेदेखी सञ्चालन हुने भएको छ।
२. फिदिम स्थित फिदिम मा.विको खेलमैदानमा हुने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने भएको छ।
३. गोल्डकपको विजेताले उपाधि सहित ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।

पाँचथर । जिल्लाको सदरमुकाम फिदिममा अन्तराष्ट्रिय आमन्त्रण ५ औँ पाँचथर गोल्डकप २०८१ यहि फागुन २४ गतेदेखी सञ्चालन हुने भएको छ।
पाँचथर क्लब पाँचथरको आयोजनामा सञ्चालन हुन लागेको गोल्डकप यहि फागुन २४ गतेदेखी चैत्र २ गतेसम्म हुनेछ।
फिदिम स्थित फिदिम मा.विको खेलमैदानमा हुने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ। जसमा अन्तराट्रिय दुई टिम, ए–डिभिजनका चार टिम, वि–डिभिजनका एक टिम र आयोजक क्लब प्रतिस्पर्धामा रहनेछ।
गोल्डकपको विजेताले उपाधि सहित ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
विद्यागततर्फ मेन अफ दि म्याच, मेन अफ दि सिरिज, राइजिङ प्लेयर, बेष्ट गोलकिपर, हाई स्कोरर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर र बेष्ट कोचलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले बताए। त्यस्तै खेलाडी र अफिसियल गरि एक सय २८, रेफ्री चार र एक सय देखी दुई सय दर्शकहरुको पनि सामुहिक दुर्घटना बिमा गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win