0 प्रतिक्रिया
हाम्रो साहारा पाँचथरद्धारा बर्मेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
AI सारांश
Fast AI१. हाम्रो साहारा पाँचथरले पाँचथर जिल्लाको उत्तरी भेगमा पर्ने याङवरक गाउँपालिका–२ बर्मे स्थित श्री तिम्बुपोखरी आ.वि.का विद्यार्थीहरुलाई माघ १७ गते शैक्षिक सामाग्री वितरण गरेको छ।
२. विद्यालयमा आवश्यक वाइट वोर्ड, डस्बिन,घडी, फिल्टर लगायतका सामाग्री वितरण गरिएको छ।
३. कार्यक्रममा प्रमुख अथितिको रुपमा रहनुभएका वडाअध्यक्ष देउकुमार योङहाङ, पत्रकार महासंघ पाँचथरका पूर्वअध्यक्ष लक्ष्मी गौतम, पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिम बास्कोटाले बर्मे विकासले पछि परेपनि प्राकृतिक सुन्दरता र स्वच्छ वातावरणीय हिसावले निकै अगाडी रहेको व्याख्या गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।
पाँचथर । सामाजिक कार्यमा सकृय रहेको सामाजिक संस्था हाम्रो साहारा पाँचथरले बर्मेका विद्यार्थीहरुलाई माघ १७ गते शैक्षिक सामाग्री वितरण गरेको छ।
पाँचथर जिल्लाको उत्तरी भेगमा पर्ने याङवरक गाउँपालिका–२ बर्मे विकास र पूर्वाधारको दुष्टिकोणले निकै दुर्गम स्थान हो। जहाँ १२ घरपरिवारको बसोवास छ। आधारभूत शिक्षाका लागि एक मात्र विद्यालय श्री तिम्बुपोखरी आ.वि रहेको छ। त्यहाँ ४ छात्र र ३ छात्रा गरी जम्मा ७ जना विद्याथीहरु अध्ययनरत छन्। उनीहरुलार्ई कापी, कलम, ब्याग सहित विद्यालयमा आवश्यक वाइट वोर्ड, डस्बिन,घडी, फिल्टर लगायतका सामाग्री वितरण गरिएको छ।
विद्यालय र विद्यार्थीको आवश्यकता पहिचान गरी केही राहत पुग्ने उदेश्यले माघ १७ गते एक कार्यक्रमको आयोजना गरि उक्त शैक्षिक सामाग्री उपलब्ध गराएको हाम्रो साहारा पाँचथरका अध्यक्ष गजेन्द्र राईले बताउनुभयो। साथै यसले विद्यार्थीहरुको अध्ययनमा थप हौसला प्रदान हुने पनि उहाँको भनाई छ।
कार्यक्रममा प्रमुख अथितिको रुपमा रहनुभएका वडाअध्यक्ष देउकुमार योङहाङ, पत्रकार महासंघ पाँचथरका पूर्वअध्यक्ष लक्ष्मी गौतम, पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिम बास्कोटा, हाम्रो साहारा पाँचथरका उपाध्यक्ष सन्तोष राई लगायतले बर्मे विकासले पछि परेपनि प्राकृतिक सुन्दरता र स्वच्छ वातावरणीय हिसावले निकै अगाडी रहेको व्याख्या गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपबहादुर राई र प्रध्यानाध्यापक धनप्रसाद राईले हाम्रो साहारा पाँचथर टिमलाई यो सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा शिक्षक ,विद्यार्थी ,अभिभावक लगायतको उपस्थिती रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









