+
+

फाल्गुनन्द-३ का वडाध्यक्ष सुखबिर नेम्वाङको निधन

244 पटक हेरिएको
Clock २०८१ फाल्गुन ७, बुधबार ११:१४
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति सुखबिर नेम्वाङको निधन भएको छ।
उनी पाँचथर-फाल्गुनन्द गाउँपालिका-३ का वडाध्यक्ष थिए र लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्केका नेम्वाङको बुधबार बिहान घरमै निधन भएको थियो।

पाँचथर-फाल्गुनन्द गाउँपालिका-३ का वडाध्यक्ष तथा नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मुखको क्यान्सरबाट पीडित उनको बुधबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेम्वाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए। प्रभावशाली नेतृत्वका कारण २०७९ को निर्वाचनमा पनि उनले दोस्रो कार्यकालका लागि जित हासिल गरेका थिए।

भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचारपछि अस्पतालले घर फर्काएपछि उनलाई फालगुनन्द-३, पौवासारतापस्थित घर ल्याइएको थियो। कुशल भलिबल खेलाडीसमेत रहेका नेम्वाङको अन्त्येष्टि बुधबार नै गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win