+
+

युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी

134 पटक हेरिएको
Clock २०८१ फाल्गुन ८, बिहीबार ११:५५
-- Sponsored --

AI सारांश

Fast AI

१. कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन्।
२. उनीहरुले सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन्।
३. मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले युएसएआइडी र नेपाल सरकारसँगको सहकार्यमा सचेतना फैलाउने टेलिफिल्महरूबाट कुनै धर्मविरोधी प्रचार नगरेको प्रस्ट्याए ।

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन्। आफूहरुमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन्।

‘हिजोआज सामाजिक सञ्जालमा महजोडीले युएसएआइडीको पैसा लिएर धर्मविरोधी काम र प्रचार गर्‍यो भनेर अनर्गल प्रचार गरिएको छ । हामीलाई आफ्नो हितैशीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ,’ मदनकृष्णले भने, ‘हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौं। जस्तो कि कुष्ठरोग सम्बन्धी, क्षयरोग खोपसम्बन्धी जनचेतना यी अधर्म कुरा हैनन् । यहाँहरूले हाम्रो टेलिफिल्म हेरेर जाँच्नु भए हुन्छ ।’

हरिवंश आचार्यले युएसएआइडी र नेपाल सरकारसँगको सहकार्यमा सचेतना फैलाउने –मदनबहादुर–हरिबहादुर’ ‘आमा’, ‘असल लोग्ने’ जस्ता टेलिफिल्महरूबाट कुनै धर्मविरोधी प्रचार नगरेको प्रस्ट्याए । ‘यो हामीले युट्युबमा किताबजस्तै छर्लंगै हुने गरी राखेका छौं। त्यहाँ कहीँ पनि सनातन हिन्दू धर्म, बुद्ध धर्म र कुनै पनि धर्मको विरोध गरेका छैनौं। अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं,’ उनले भने।

हरिवंशले ०५२ मा ‘पन्चायत व्यवस्थाको सराद्धे’ कार्यक्रम गर्दा त्यसमा पण्डित पात्रको प्रवृत्तिमाथि व्यंग्य गरेको कुरालाई लिएर पनि भ्रम सिर्जना गरिएको बताए। ‘पण्डित भन्दैमा भगवान हुँदैन। व्यंग्य पण्डितलाई पनि गर्न पाइन्छ । नेतालाई पनि गर्न पाइन्छ । प्रहरी, डाक्टर, वकिल, सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्‍यो भन्नु कपोकल्पित कुरा हो,’ उनले भने, ’हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं । पछाडि यस्ता किसिमका कुरा आएर हामी हतोत्साहित हुँदैनौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win