+
+

फिदिममा नसर्ने रोग पहिचान अभियान

140 पटक हेरिएको
Clock २०८१ फाल्गुन ९, शुक्रबार २०:०९
-- Sponsored --

AI सारांश

Fast AI

१. फिदिम नगरपालिकाले नसर्ने रोगहरुको पहिचान अभियान सञ्चालन गरेको छ, जसका अन्तर्गत ३० वर्षभन्दा माथिका नगरवासीमा नसर्ने रोगहरु रहे-नरहेको पत्ता लगाउने ‘स्कृनिङ’ सञ्चालन हुन लागेको हो।
२. अभियानअन्तर्गत उच्च रक्तचाप, मोटोपना, मधुमेह, मृगौलासम्बन्धी रोगहरु, शरीरको उचाई र तौल अनुपात नमिलेको जस्तो रोगहरुको पहिचान गरिने छ।
३. फिदिम नगरपालिकाले अभियान सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु. दुई लाख बजेट विनियोजन गरेको छ।

रवीन्द्र काफ्ले

पाँचथर, ९ फागुनः

पाँचथरको फिदिम नगरपालिकाले नसर्ने रोगहरुको पहिचान अभियान सञ्चालन गरेको छ।

फिदिम नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरभित्र रहेका १६ वटा स्वास्थ्य संस्थाहरुले उच्च रक्तचाप, मोटोपना, मधुमेह, मृगौलासम्बन्धी रोगहरु, शरीरको उचाई र तौल अनुपात नमिलेको जस्तो रोगहरुको पहिचान अभियान सञ्चालन गरेका हुन। यसै हप्ता सुरु भई फागुन महिनाभरि सञ्चालन हुने अभियानअन्तर्गत ३० वर्षभन्दा माथिका नगरवासीमा नसर्ने रोगहरु रहे-नरहेको पत्ता लगाउने ‘स्कृनिङ’ सञ्चालन हुन लागेको हो। फिदिम नगरपालिकाले सकेसम्म सबै घरमा पुगेर उक्त विरामीको पहिचान गर्ने योजना बनाइएको फिदिम नगरपालिकाका जनस्वास्थ्य निरीक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो।

जनस्वास्थ्य निरीक्षक यादवका अनुसार फिदिम नगरपालिका–१२ का स्वास्थ्य संस्थाले भने हरेक शनिवारका दिन उक्त वडाका घर–घरमा पुगेर जेष्ठ नागरिकहरुको नसर्ने रोगको परीक्षण गर्ने गरेका छन। यसका लागि उक्त वडाले बजेटको ब्यवस्था गरेको यादवले जानकारी दिनुभयो। नियमित मद्यपानका कारण उच्च रक्तचाप, मोटोपना र मधुमेहका धेरै विरामी गाउँ समाजमा भेटिने गरेका छन । तर उनीहरुले नियमित स्वास्थ्य परीक्षण नगराउँदा जटिल समस्या आउने गरेको स्वास्थ्यकर्मीहरु वताउँछन।

जिल्ला अस्पताल पाँचथरका मेडिकल अधिकृत डा. अनिल आचार्यका अनुसार उच्च रक्तचाप, मोटोपना, मधुमेह, मृगौलासम्बन्धी रोगहरु, शरीरको उचाई र तौल अनुपात नमिलेको जस्ता रोगका विरामीहरुको सङ्ख्या वर्षेनि बढिरहेकाले ३० वर्षभन्दा माथिका सबै मानिसको परीक्षण गर्नु आवश्यक छ। “प्रत्येक चार जना मानिसमध्ये एक जनालाई उच्च रक्तचापको समस्या हुने गरेको तथ्याङ्कहरुले देखाएका छन”, डा. आचार्यले भन्नुभयो, “तर नेपालमा नियमित रुपमा रक्तचापको परीक्षण गर्ने समेत बानी छैन। त्यसैले यस अभियानलाई सफल बनाउनु आवश्यक छ।” नसर्ने रोगबाट उत्पन्न हुने जोखिम कम गर्न सचेतना फैलाउनु सबैभन्दा अपरिहा¥य रहेको डा. आचार्यको भनाइ छ।

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले नसर्ने रोगका विरामीहरुको तथ्याङ्कका आधारमा आगामी योजना तय गरिने भएकाले अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो। ‘स्कृनिङ’ अभियानसँगै सचेतना पनि विस्तार हुने हुँदा नसर्ने रोगबाट उत्पन्न हुने जोखिम कम गर्न सहयोग पुग्ने नगर प्रमुख काफ्लेको विश्वास छ। अभियान सञ्चालनका लागि फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा रु. दुई लाख बजेट विनियोजन गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win