+
+

युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त

Clock २०८१ फाल्गुन १२, सोमबार १२:२६
-- Sponsored --

काठमाडौँ । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ।

मिडिया रिपोर्टका अनुसार युएसएडका ४२ सय कर्मचारीलाई बिदा दिइएको छ। यसबाहेक, कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ। यीमध्ये कति कर्मचारीलाई पुन: नियुक्त गरिनेछ भन्ने कुरा अस्पष्ट रहेको छ ।

ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन एलन मस्कको सरकारी दक्षता विभाग (डोज) को योजना अन्तर्गत संघीय कर्मचारीहरूको संख्या घटाउने प्रयास गरिरहेको ।

अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामा ​​रोक लगाएपनि सो प्रतिबन्ध स्थायी नहुने बताएपछि ट्रम्प प्रशासनले यस्तो कदम चालेको बताइएको छ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएड) संयुक्त राज्य अमेरिका सरकारको एक स्वतन्त्र एजेन्सी हो। यो १९६१ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीद्वारा स्थापित भएको थियो। यो एजेन्सीले नागरिक वैदेशिक सहायता र विकास सहायताको प्रशासनको निरीक्षण गर्दछ। यस संस्थाको उद्देश्य विश्वव्यापी स्वास्थ्य, आर्थिक विकास, प्रकोप र लोकतान्त्रिक सुधारका मुद्दाहरूमा काम गर्नु हो। यो एजेन्सी हाल १०० भन्दा बढी देशहरूमा सञ्चालनमा छ। यस एजेन्सीले विश्वव्यापी रूपमा मानवीय संकटहरूलाई कम गर्न मद्दत गरेर प्रायः अमेरिकी विदेश नीतिलाई अगाडि बढाउने गर्दछ। २०२३ मा युएसएडले ४० बिलियन डलर बजेट खर्च गरेको थियो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस