+
+

अन्तराष्ट्रिय नेपाली क्रिकेट खेलाडी अविनाश बोहरा ब्रान्ड एम्बेसडर नियुक्त

136 पटक हेरिएको
Clock २०८१ फाल्गुन २०, मंगलवार २२:४५
-- Sponsored --

AI सारांश

Fast AI

१. सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेस अस्ट्रेलियाले अन्तराष्ट्रिय नेपाली क्रिकेट खेलाडी अविनाश बोहरालाई आफनो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
२. अविनाश बोहरा फागुन १९ गते मार्च ३ तारिखवाट लागु हुने गरी ब्रान्ड एम्बेसडर नियुक्त गरिएको घोषणा गरेको हो।
३. अविनाश बोहराले आफु ब्रान्ड एम्बेसडर भएर शिक्षा र खेलकुद दुवैसंग सहकार्य गर्न पाउदा उज्ज्वल भविष्य निर्माण नगर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

मन कुमार गदाल
दमक, फागुन २० सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेस अस्ट्रेलियाले अन्तराष्ट्रिय नेपाली क्रिकेट खेलाडी अविनाश बोहरालाई आफनो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। फागुन १९ गते मार्च ३ तारिखवाट लागु हुने गरी क्रिकेट खेलाडी अविनाश बोहरालाई सक्सेस एजुकेशनले आफनो ब्रान्ड एम्बेसडर नियुक्त गरिएको घोषणा गरेको हो। क्रिकेट खेलाडी बोहरालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा पछि बोल्दै सक्सेस एजुकेशनका प्रतिनिधि इथानशाक्यले उहाँलाई एम्बेसडर बनाउन पाउदा हाम्रो कम्पनीलाई गौरव महसुस भएको बताउनु भयो।
लोकप्रिय अन्तराष्ट्रिय नेपाली क्रिकेट खेलाडी अविनाशसंग जोड्दै विधार्थी तथा ब्यवसायीहरुलाई अन्तराष्ट्रिय शिक्षा र करियर बढाउन अवसरको रुपमा प्रेरित गर्न महत्वपूर्ण योगदान पुग्ने सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेस अस्ट्रेलियाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। अन्तराष्ट्रिय नेपाली क्रिकेट खेलाडी अविनाश बोहराले आफु ब्रान्ड एम्बेसडर भएर शिक्षा र खेलकुद दुवैसंग सहकार्य गर्न पाउदा उज्ज्वल भविष्य निर्माण नगर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।
बोहरा सन् २०१९ देखि नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहदै आउनु भएको छ। टि –२० अन्तराष्ट्रिय खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उहाँले ६२ वटा टि २० अन्तराष्ट्रिय खेलहरु खेली सक्नु भएको छ। सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजले विधार्थी भिसा,सीपयुक्त आप्रवासन तथा करियर परामर्श सेवाहरु विधार्थी र पेशेवारहरुलाई लक्ष्य प्राप्त गर्न सहयोग पुयाउने प्रतिबद्धता गरेको विज्ञप्तिमा उल्लेख छ। सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेसले अस्ट्रेलियाको क्यानबेरा, सिड्नी, गोल्ड कोस्ट, ब्रिसबेन, लाउन्सेस्टन आदि नेपालको काठमाडौं, बुटवल, चितवन लगायत र फिलिपिन्समा शाखा स्थापना गरेको सक्सेस एजुकेशनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win