+
+

पथरी–११ लाई हराउदै मछिन्द्र पाँचथर गोल्डकपको फाइनलमा प्रवेश

192 पटक हेरिएको
Clock २०८१ फाल्गुन २८, बुधबार १९:५०
-- Sponsored --

AI सारांश

Fast AI

१. मछिन्द्र फुटबल क्लब पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ, जो पथरी–११ फुटबल क्लबलाई हराउदै प्रवेश गरेको हो।
२. मछिन्द्रले पथरी–११ लाई ३–१ गोलले हरायो, जहाँ मछिन्द्रका विदेशी खेलाडी स्टेफेनले, अर्का खेलाडी विशाल घलान र नवयुग श्रेष्ठले समान एक एक गोल गरे।
३. प्रतियोगिताको विजेताले उपाधी सहित नगद ११ लाख १ हजार १ सय ११ प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ।

पाँचथर । पथरी–११ फुटबल क्लबलाई हराउदै मछिन्द्र फुटबल क्लब पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
फिदिम मा.विको खेल मैदानमा आज भएको पहिलो सेमिफाइल खेलमा मछिन्द्रले पथरी–११ लाई ३–१ गोलले हरायो । मछिन्द्रका विदेशी खेलाडी स्टेफेनले,अर्का खेलाडी विशाल घलान र नवयुग श्रेष्ठले समान एक एक गोल गरे।
पथरी–११ का विदेशी खेलाडी अर्मान्ड बेदमले एक गोल फर्काएका थिए। आजको मेन अफ दि म्याच मछिन्द्रका स्टेफेन बनेका छन् भने उनले नगद रु ७ हजार ५ सय पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल फागनु २९ गते चर्च व्बोइज फुटबल क्लब काठमाडौँ र नमो बुद्ध युथ क्लब सप्तरीबीच प्रतिस्पर्धा हुनेछ।
फागुन २४ गते शनिबारदेखी शुरु भएको प्रतियोगितामा ४ ओटा ए डिभिजन टोलि सहित ८ टोलिको सहभागिता रहेको छ। ५ औँ संस्करणको पाँचथर गोल्डकपको फाइनल खेल चैत्र २ गते हुनेछ ।
प्रतियोगिताका विजेताले उपाधी सहित नगद ११ लाख १ हजार १ सय ११ प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। विद्यागतर्फ पनि पुरस्कारको व्यवस्था रहेको आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए।
तस्वीर-गोलनेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win