+
+

पाँचथरका दुई पालिकामा सम्पवेल निर्माण हुदै

179 पटक हेरिएको
Clock २०८१ चैत्र १४, बिहीबार ०९:२४
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

१. पाँचथरको सुख्खाक्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिकामा पानी लिफ्ट गर्न सम्पवेल निर्माण सुरु गरिएको छ, जसको लागत रु ३ करोड ७ लाख ९३ हजार ५७५ रुपैयाँ छ।

२. तमोर नदिको धार परिवर्तन र पानीको सतह घटेपछि पुनारो इनारमा पानीको सञ्चय कम भएको थियो, जसले गर्दा खानेपानी संचालनमा समस्या भएको थियो, त्यस समस्या समाधान गर्न १५ मिटर गहिरो इनार निर्माण गर्न लागिएको हो।

३. निर्माण कम्पनीले दुबै स्थानको काम असार भित्र सम्पन्न गर्नुपर्ने आयोजना प्रमुख उत्सव पोख्रेलले जानकारी दिए, र नेकपा एमाले केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मन्त्री डम्बरसिंह सम्बाहाम्फेले सिलान्यास गरेका थिए।

रमेश थापा
पाँचथर-पाँचथरको सुख्खाक्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिका पानी लिफ्ट गर्न सम्पवेल निर्माण सुरु गरिएको छ । कुम्मायक–५ लुम्बुघाट र तुम्बेवा–१ को लखुवा स्थीत तमोर नदिमा एकै साथ सम्पवेलको काम सुरु गरिएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको रु ३ करोड ७ लाख ९३ हजार ५७५ रुपैयाँको लागतमा गौतम सक्ति निर्माण सेवा काठमाडौंले काम गर्दै आएको छ । निर्माण कम्पनीले दुबै स्थानको काम असार भित्र सम्पन्न गर्नुपर्ने आयोजना प्रमुख उत्सव पोख्रेलले जानकारी दिए ।
तमोर नदिको धार परिवर्तन र पानीको सतह घटेपछि पुनारो इनारमा पानीको सञ्चय कम भएको थियो । जसले गर्दा खानेपानी संचालनमा समस्या भएको थियो । दीर्घकालनीन समस्या समाधान गर्न भन्दै १५ मिटर गहिरो इनार निर्माण गर्न लागिएको हो ।
तुम्बेवा गाउँपालिकाको पुरानो इनारलाई बाढीले क्षति पु¥याएपछि अर्को इनार निर्माण गर्न लागिएको कार्यालयको भनाइ छ । निर्माणको अवस्थाबारे बुधवार कार्यालय प्रमुख पोख्रेल सहित गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का खानेपानी समिति अध्यक्ष मेघराज निरौला लगायतको टोलीले निर्माण स्थलको अनुगमन र निरिक्षण गरेको थियो ।
योजनाको एक साता अघि नेकपा एमाले केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मन्त्री डम्बरसिंह सम्बाहाम्फेले सिलान्यास गरेका थिए। भने तुम्बेवामा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले सिलान्यास गरेका थिए । त्यस यता कुम्मायकमा काम अघि बढेको छ भने तुम्बेवामा केही समयपछि मात्रै काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win