+
+

छैटौँ कुम्मायक गोल्डकप भोलिदेखि सुरु, उद्घाटन खेल कुम्मायक र फाल्गुनन्दबीच

269 पटक हेरिएको
Clock २०८२ जेष्ठ १, बिहीबार ०८:३५
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक रनिङ गोल्ड कप २०८२ भोलि जेठ २ गतेबाट पाँचथरको यासोकस्थित पृथ्वी माविको खेल मैदानमा सुरु हुँदैछ।
२. प्रतियोगितामा पाँचथर जिल्लाका सातवटा स्थानीय तहसँगै म्याङलुङ नगरपालिकाको सहभागिता रहनेछ।
३. विजेता टिमले १ लाख २५ हजार ५५५ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

मनोज थापा

पाँचथर-पाँचथरको यासोकस्थित पृथ्वी माविको खेल मैदानमा छैटौं संस्करणको कुम्मायक रनिङ गोल्ड कप २०८२ भोलि जेठ २ गतेबाट सुरु हुँदैछ। उद्घाटन खेल दिउँसो १ बजे आयोजक कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिकाबीच हुनेछ। दोस्रो खेलमा याङवरक गाउँपालिका र अतिथि टिम म्याङलुङ नगरपालिका, तेह्रथुमबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ।

कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगिता “आठ वटा स्थानीय तहको सहभागिता कुम्मायकको शान, स्थानीय खेलकुद विकासमा कुम्मायक स्पोर्टिङको अभियान” भन्ने नारासहित नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। प्रतियोगितामा पाँचथर जिल्लाका सातवटा स्थानीय तहसँगै म्याङलुङ नगरपालिकाको सहभागिता रहनेछ। सहभागी टिमहरूलाई व्यवस्थापन खर्च, यातायात सुविधा तथा पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताको कुल अनुमानित खर्च २२ लाख ८४ हजार ६१० रुपैयाँ रहेको छ। विजेता टिमले १ लाख २५ हजार ५५५ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। राष्ट्रिय खेलकुद परिषद, एन्फा, स्थानीय तह र विभिन्न संघ-संस्थाहरूको सहकार्यमा प्रतियोगिता भव्यरूपमा सञ्चालन गरिने कुम्मायक स्पोर्टीङ क्लवका अध्यक्ष खेम राज निरौलाले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win