+
+

चौंरीको घण्टीसँग गुञ्जियो चारराते: चौंरी पर्यटन महोत्सवमा चौंरी प्रदर्शनदेखि याक नृत्यसम्म

166 पटक हेरिएको
Clock २०८२ बैशाख २, मंगलवार २२:१८
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाल-भारत सीमा क्षेत्र चाररातेमा आयोजित आठौं फालेलुङ चौंरी पर्यटन महोत्सवमा नेपाल र भारतका विभिन्न स्थानबाट पर्यटकहरु पुगेका थिए।
२. महोत्सवमा फालेलुङ र याङवरक गाउँपालिकाबाट ५०० वटाभन्दा बढी चौंरी प्रदर्शनका लागि ल्याइएका थिए र चौंरीजन्य सामग्री, स्थानीय उत्पादनका स्टल समेत प्रदर्शनका लागि राखिएको थियो।
३. महोत्सवले जैविक विविधता, पर्यावरण र वातावरण संरक्षणमा समेत टेवा पुगेका कारण फालेलुङ गाउँपालिकाले यसलाई निरन्तरता दिएको छ।

पाँचथर, २ बैशाख
समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा अवस्थित नेपाल–भारत सीमा क्षेत्र चाररातेमा नयाँ वर्ष २०८२ को अवसर पारेर दर्जनौं गोठबाट सयौं चौंरीहरु भेला पारिएका थिए। थरीथरीका चौंरीहरु फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि छरिएका थिए। प्लाष्टिक र चित्राले चौंरीजन्य सामग्री सहित स्थानीय उत्पादनका परिकारका दर्जनौं स्टलहरुमा बनाइएका थिए। गोठहरुमै यहाँ रात विताउने आउने पर्यटकहरुका लागि बसोबासको प्रवन्ध मिलाइएको थियो। यहाँ चैत ३१ गतेदेखि नै पर्यटकहरुको उपस्थिति बाक्लिएको थियो।
उच्च पहाड भएपनि पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आज सम्पन्न भएको आठौं फालेलुङ चौंरी पर्यटन महोत्सवमा छुट्टै रौनक थियो। नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ पर्यटकहरु पुगेका थिए। पर्यटकहरु चौंरीसँग तस्वीर र भिडिओ खिच्न, सामुन्नेमा देखिने हिमालको दृश्यावलोकन गर्न तथा शान्त र स्निग्ध प्रकृतिमा रमाउन ब्यस्त थिए। चारराते क्षेत्रमा सयौं चौंरीहरु हिँडडुल र चरिचरनका क्रममा बज्ने घण्टीको आवाजले वातावरणलाई संगीतमय बनाएको आभाष पर्यटकहरुले गरिरहेका थिए ।


फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवद्र्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजंघा चैरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा आयोजना गरेको महोत्सवमा फालेलुङ र याङवरक गाउँपालिकाबाट ५०० वटाभन्दा बढी चौंरी प्रदर्शनका लागि ल्याइएका थिए। महोत्सवमा चौंरीजन्य सामग्री, फालेलुङका स्थानीय उत्पादनका स्टल समेत प्रदर्शनका लागि राखिएको थियो । महोत्सवमा याक र घोडा चढेर रमाइलो गर्ने ब्यवस्था समेत आयोजनाले मिलाएका थिए।
महोत्सवलाई उद्घाटन गर्न कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सभा सदस्य मैंया श्रेष्ठ लावतीसहित पाहुना समेत चारराते पुग्नुभएको थियो। महोत्सवलाई सम्बोधन गर्दै मन्त्री मण्डलले चौंरीजन्य संस्कृतिको जगेर्ना तथा जैविक विविधताको संरक्षण गरी यसैमा आधारित पर्यटन विकासमा जोड दिनुभयो। यहाँका चौंरी पालकहरुले संस्कृति, परम्परा, वातावरण र जैविक विविधताको संरक्षणमार्फत पर्यटकलाई आकर्षित बनाइ आयआर्जन गरेको पाइएको र यसमा कोशी प्रदेश सरकारले थप लगानी गर्ने वचन मण्डलले दिनुभयो।


विश्वमै लोपोन्मुख हुँदै गएको चौंरी पालन संस्कृतिलाई जगेर्ना गर्ने, चौंरीजन्य सामग्रीको बजारिकरणमा मद्दत गर्ने तथा चौंरी पालनलाई दीगो र ब्यवस्थित गर्न वर्षेनि महोत्सव आयोजना गरिँदै आएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले वताउनुभयो। चौंरी पर्यटन महोत्सवको आयोजना हुन थालेपछि देश विदेशबाट यस क्षेत्रमा पर्यटकहरु आउने क्रम बढेको र यसले चौंरी पालकको अर्थोपार्जनमा मद्दत मिलेको थाम्सुहाङको भनाइ छ। “अहिले चौंरी पालकहरुले चौंरी पालनका अतिरिक्त गोठमै पर्यटकलाई होटलको सेवा समेत दिइरहनु भएको छ”, थाम्सुहाङले भन्नुभयो, “यसले रोजगारीका अवसर र आयआर्जनमा वृद्धि गरेको छ।” महोत्सवले जैविक विविधता, पर्यावरण र वातावरण संरक्षणमा समेत टेवा पुगेका कारण फालेलुङ गाउँपालिकाले यसलाई निरन्तरता दिएको अध्यक्ष थाम्सुहाङको भनाइ छ।
अगुवा चौंरी पालक चन्द्रलाल नेपालका अनुसार चौंरी महोत्सवको आयोजनापछि पाँचथरका फालेलुङ र याङवरक गाउँपालिकामा रहेका चौंरी गोठबाट उत्पादित सामग्रीले बजार पाएका छन। “महोत्सव हुनुपूर्व यहाँ चौंरी पालन छ भन्ने देश विदेशमा थाहा नहुँदा उत्पादित सामग्रीले बजार पाउन गाह्रो थियो”, नेपालले भन्नुभयो, “अहिले चौंरीबाट उत्पादित छुर्पी, घिउ र चिजको माग धान्नै गाह्रो छ ।”


नेपालका अनुसार चौंरी पालकहरुले सीमावर्ती पर्यटकीय क्षेत्रमा रहेका गोठहरुबाट होटलको सेवा समेत दिँदै आएका छन। यी होटलहरुलाई गोठबास (गोठ–स्टे) नाम दिइएको छ। गोठस्टेमा विशेषत भारतीय पर्यटकहरु बढी मात्रामा आउने गरेका छन। गोठस्टेका कारण पर्यटन विकास र पर्यटनमा आधारित रोजगारीमा वृद्धि भएको अर्का अगुवा चौंरी पालक शिल्पकुमार राईको भनाइ छ।
चौंरी पर्यटन महोत्सवमा भारतको सिक्किमका कलाकारहरुले दुर्लभ मानिने याक नृत्य प्रस्तुत गरेका थिए। यस्तै पाँचथर र ताप्लेजुङका चौंरी पालक कृषकहरुको डोरी तान्ने प्रतियोगिता समेत सम्पन्न भएको छ। महोत्सवकै अवसरमा कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचार समेत गरिएको थियो । तीन दिने महोत्सव आज सम्पन्न भएको छ।
महोत्सवमा भारतका पूर्वी क्षेत्रका सयौं पर्यटकहरु आएका थिए । पश्चिमबंगालको दार्जिलिङबाट आएका पर्यटक सुशील क्षेत्रीले चौंरीबारे बुझ्न र उच्च पहाडको आनन्द लिन महोत्सवमा आएको वताउनुभयो। “यहाँ प्रकृति र संस्कृतिले साँच्चै आनन्द आउने रहेछ”, उहाँले भन्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win