+
+

इलाममा न्यायिक समितिहरुको पाँचौं जिल्ला सम्मेलन सम्पन्न, ११ जना व्यक्तित्व सम्मानित

127 पटक हेरिएको
Clock २०८२ जेष्ठ २७, मंगलवार ११:००
-- Sponsored --

AI सारांश

Fast AI

१. इलाम जिल्लाका १० वटा स्थानीय तहका न्यायिक समितिहरुको पाँचौं जिल्ला सम्मेलन फाकफोकथुम गाउँपालिका, आमचोकमा सम्पन्न भएको छ।
२. कार्यक्रममा ‘न्यायिक संजाल स्मारिका – २०८२’ विमोचन गरिनुका साथै न्यायिक कार्यमा योगदान पुर्‍याउने ११ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो।
३. सम्मेलनमा जिल्लाभरको न्यायिक समितिहरूबीचको सहकार्य, अनुभव आदान–प्रदान र एकरूपता कायम गर्न छलफल गरिनुको साथै भविष्यमा हुने कार्यक्रमको योजना बनाइएको थियो।

इलाम जिल्लाका १० वटा स्थानीय तहका न्यायिक समितिहरुको पाँचौं जिल्ला सम्मेलन सोमबार फाकफोकथुम गाउँपालिका, आमचोकमा सम्पन्न भएको छ। फाकफोकथुम न्यायिक समितिको संयोजनमा आयोजित कार्यक्रममा ‘न्यायिक संजाल स्मारिका – २०८२’ विमोचन गरिनुका साथै न्यायिक कार्यमा योगदान पुर्‍याउने ११ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। कार्यक्रम जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सम्मानित हुनेमा अधिवक्ता सुधिर बोहोरा, प्रदीप अधिकारी, सरस्वती राई, टेकवीर लिम्बू, हरीप्रसाद दंगाली लगायतका मेलमिलापकर्ता बालकृष्ण भट्टराई, बमबहादुर निरौला, गीता अधिकारी, रामकृष्ण घिमिरे, जगतबहादुर लिम्बू र गायित्रा रेग्मी रहेका छन्। न्यायिक संजालका सचिवालय सदस्य विमल घिमिरेका अनुसार स्मारिकाको २०० प्रति छपाइ गरी सबै स्थानीय तहमा वितरण गरिएको छ।

सम्मेलनमा जिल्लाभरको न्यायिक समितिहरूबीचको सहकार्य, अनुभव आदान–प्रदान र एकरूपता कायम गर्न छलफल गरिनुको साथै भविष्यमा हुने कार्यक्रमको योजना बनाइएको थियो। हालसम्म इलाम नगरपालिकाको नेतृत्वमा सुरक्षित आवास केन्द्र सञ्चालन, सन्दकपुर सम्मेलनबाट १३ बुँदे घोषणापत्र, माई नगरपालिकाद्वारा मेलमिलापकर्ता सम्मानजस्ता महत्वपूर्ण कार्यक्रमहरू सम्पन्न भइसकेका छन्।

कार्यक्रमको अध्यक्षता फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले गरेकी गरनुभएको थियो भने चुलाचुली गाउँपालिकालाई आगामी सम्मेलनको नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरिएको छ। कार्यक्रममा विभिन्न स्थानीय तहका संयोजक, पार्टी प्रतिनिधि, मानव अधिकार मञ्चका प्रतिनिधि, मेलमिलापकर्ता तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win