0 प्रतिक्रिया
चुम्लुङ हिमको प्रवेशद्धार उद्घाटन
AI सारांश
Fast AI१. किरात याक्युङ चुम्लुङ जिल्ला कार्यसमिति पान्थरको प्रवेशद्धार (गेट) जेठ ३० गते शुक्रबार उद्घाटन भएको छ।
२. सोही दिन गेट उद्घाटन संगै भवनको प्राङगणमा सिरिजंगा सिंह थेवेको प्रतिमा निर्माण सिलान्यास पनि गरिएको छ।
३. फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले सिरिजंगा सिंह थेवेको कार्यहरुलाई स्मरण गर्दै उहाँको शालिक आउने वर्ष भित्र नै निर्माण गर्नुपर्ने बताउनुभयो।
पाँचथर । किरात याक्युङ चुम्लुङ जिल्ला कार्यसमिति पान्थरको प्रवेशद्धार (गेट) जेठ ३० गते शुक्रबार उद्घाटन भएको छ ।
सोही दिन गेट उद्घाटन संगै भवनको प्राङगणमा सिरिजंगा सिंह थेवेको प्रतिमा निर्माण सिलान्यास पनि गरिएको किरात याक्युङ चुम्लुङ जिल्ला कार्यसमिति पान्थरका अध्यक्ष सुरेन सिशिर केरुङले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले सिरिजंगा सिंह थेवेको कार्यहरुलाई स्मरण गर्दै उहाँको शालिक आउने वर्ष भित्र नै निर्माण गर्नुपर्ने र आफूहरुले त्यसमा पुर्ण सहयोग गर्ने बताउनुभयो। महत्वपुर्ण व्यक्तित्वको सालिक निर्माणले फिदिम नगरको सौन्दर्य बढाउने पनि काफ्लेको भनाई छ।
विशिष्ट अतिथि फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, विषेश अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति राजेन्द्र जवेगु, नेपाली काङग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द कुमार केरुङ लगायत अतिथिहरुले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा विभिन्न संघ संगठन, संघ संस्थाका प्रमुख तथा पधादिकारीहरुको उपस्थिती रहेको थियो । च्याबु्रङ नाचबाट अतिथिहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रम किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति पान्थरका अध्यक्ष सुरेन सिशिर केरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालक कमल हाङसरुम्बाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









