+
+

झॉक्रीगुफामा पुस्तकालय उद्घाटन तथा एकै साथ ४ साहित्यिक पत्रिकाको लोकार्पण सम्पन्न

223 पटक हेरिएको
Clock २०८२ असार १५, आईतवार ०७:५५
-- Sponsored --

AI सारांश

Fast AI

१. आठराई गाउँपालिका वडा नं २ खाम्लालुङ स्थित पर्यटकीय स्थल झाक्री गुफामा आठराई गाउँपालिकाद्वारा नव निर्मित पुस्तकालय भवनको समुदघाटन गरिएको छ ।
२. आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिमको प्रमुख आतिथ्यतामा उक्त पुस्तकालय भवनको उदघाटन भएको हो ।
३. कार्यक्रममा प्रलेश नेपालका अध्यक्ष डा देवि क्षेत्री दुलालले यही बसेर नेपालको राष्ट्रिय राजनितिमा आठराईको भूमिका विषयमा रिसर्च गर्ने बताउँनु भयो ।

तुलसी सिटौला-तेह्रथुम

तेह्रथुमको आठराई गाउँपालिका वडा नं २ खाम्लालुङ स्थित पर्यटकीय स्थल झाक्री गुफामा आठराई गाउँपालिकाद्वारा नव निर्मित पुस्तकालय भवनको समुदघाटन गरिएको छ ।

शनिबार आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिमको प्रमुख आतिथ्यतामा उक्त पुस्तकालय भवनको उदघाटन भएको हो । सोही अवसरमा आठराइ गाउँपालिकाको आर्थीक सहयोगमा वार्षिक रूपमा प्रकाशन हुने प्रणयन,संगम सुधा,आठराई कोशेली र प्रलेश तेह्रथुम समेत लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रलेश नेपालका केन्द्रिय अध्यक्ष डा देवी क्षेत्री दुलाल र आठराई गाउँपालिकाका उपाध्यक्ष वलीराज इङनामके विशिष्ट आतिथ्यता,प्रलेश कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल मुकदर्शक तथा तेह्रथुम बहुमुखी क्याम्पसका क्यापस प्रमुख पेष्टराज लामिछानेको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अवसरमा प्रलेश तेह्रथुमले निवर्तमान अध्यक्ष तथा प्रलेश नेपाल राष्ट्रिय परिषद झापा जिल्ला इन्चार्ज डिपी शर्मा र आठराई गाउँपालिका स्तरीय साहित्य सुदृढिकरण समितिले आठराई कोशेली सम्मान अन्तर्गत साहित्यकार कृष्ण प्रसाद थपलियालाई सम्मान गरेको थियो ।

सम्मान पछि डिपि शर्मा र कृष्ण प्रसाद थपलियाले खुसी व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि दिल कुमार पाहिमले पालिकाको लगानीमा स्थापना भएको पुस्तकालय २४ घन्टा नै खुल्ने र यस ठाउँमा आउँने पर्यटकहरूले बसेर आनन्दले पुस्तकहरू पढन पाउँने व्यवस्था मिलाउँने बताउँनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रलेश नेपालका अध्यक्ष डा देवि क्षेत्री दुलालले यही बसेर नेपालको राष्ट्रिय राजनितिमा आठराईको भूमिका विषयमा रिसर्च गर्ने बताउँनु भयो ।

कार्यक्रमको समापनमा बोल्दै आठराई गाउँपालिका स्तरीय साहित्य सुदृढिकरण समितिका अध्यक्ष रविमान लम्जेलले स्थापना भएको पुस्तकालयमा पुस्तकहरू सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

वृहत रूपमा सम्पन्न कार्यक्रमको अध्यक्ष मन्डलमा प्रलेश तेह्रथुमका दया सागर ढुंगेल, साहित्य संगम आठराईका राजन तिम्सिना,तेह्रथुम बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाइ समितिका सभापति गणेश बिमली,आठराई गाउँपालिका स्तरीय साहित्य सुदृढिकरण समितिका रविमान लम्जेल रहनु भएको थियो ।

कार्यक्रममा तेह्रथुम,पॉचथर,झापा लगायतका साहित्यकार तथा सहित्य प्रेमीहरूको उलेख्य उपस्थिति रहेको थियो ।त्यस्तै आठराई गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू,विभिन्न विद्यालयका प्रधानाध्यापकहरू,विभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधिहरू तथा स्थानीय बासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win